साउन २० गते । उत्तरी गोरखामा रहेको लापुको खानीगाउँ पहिरोको उच्च जोखिममा परे पछि त्यहाँ रहेको दर्जनौ घरहरु धरापमा परेका छन ।
केही दिन देखीको भएको अबिरल बर्षाका कारण धार्चे गाउँपालिका ७ मा रहेको ७२ भन्दा बढी घर जोखिममा परेको छ । बस्ति संगै रहेको जङगाङ्ग भन्ने डाडाँमा पहिरो जान थाले पछि नजिकै रहेको बस्ती उच्च जोखिमा परेको गाउँपालिका प्रमुख सन्त बहादुर गुरुङ्गले बताए ।

जङगाङ्गको पहिरो गाउँ नजिक पुग्न थालेको छ भने गाउँको बिच बिचमा जमिनको धाँजा फाट्न थालेको छ । जमिनमा धाँजा फाटे पछि स्थानिय झनै त्रासमा बाँच्न बाध्य भएको वडाध्यक्ष सुर्यमान गुरुले बताए ।
पहिरोको उच्च जोखिम पछि उत्त स्थानमा प्रहरी परिचालन गरीएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले बताए ।

तस्बिर सौजन्य बिकास मरहट्टा




















