×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गाँउलेले प्रहरी र जनप्रतिनिधी नै कुटे

  •  
  • आइतबार, साउन २०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • काशीगाँउ घटना

    मोहसिन अलिमियाँ/गोरखा

    काशीगाउँमा एक मृत्तकको शव चिरफार गरिएको घटनाका बारेमा छानविन गर्न गएको प्रहरी टोली र जनप्रतिनिधी माथी नै आक्रमण भएको छ । धार्चे गाउँपालिका वडा नम्बर ६ मा साउन १० गते ५२ बर्षिय भीमकुमार गुरुङको बोक्सीका कारण मृत्यु भएको भन्दै उनको शव चिरफार गर्ने आरोपितलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथी गाँउलले आक्रमण गरेका हुन् । ‘दिउसो प्रहरी आइपुग्दा त्यहाँ त गाँउका सब जम्मा भएर बसेका रहेछन्, अनि सबै जुलुस गरे जसरी आएर हामीलाई घेरे’ धार्चे गाँउपालिका ६ का वडा सदस्य आशबहादुर घलेले भने ‘अनि त त्याहाको माहोल हामीले सम्हाल्नै नसकिने भयो ।’

    गत १० गते निधन भएका गुरुङ्गको भोलीपल्ट दाहसंस्कार गर्ने तयारी गर्दा स्थानीय रोशन गुरुङ्ग लगायतको टोलीले उनको पेटमा छेपारो, भ्यागुतो, सर्प जस्ता जनावर रहेको भन्दै शव चिरफार गरेका थिए । उनलाई बोक्सी लागेर मृत्यु भएको भन्दै खुकुरी, चक्कु, हसिया लगायतका धारिलो हतियार प्रयोग गरेको उनिहरुले शव चिरेको स्थानीयले बताएका छन् । सोही गाँउकी ५६ बर्षिया काली गुरुङ्ग र उनकी २९ बर्षिया छोरी मिनकुमारीलाई बोक्सीको आरोप लगाउदै उनिहरुले चिहानडाँडाँमै शव चिरेको बताइएको छ । ‘बोक्सीले गर्दा मृत्यु भएको हो भन्दै चिहानडाँडाँमै केहि युवाहरुले शव काटे भन्ने सुनेको छु,’ धार्चे गाँउपालिकाका अध्यक्ष सन्तोष गुरुङ्गले भने ।

    सोही घटनालाई लिएर गाँउलेले काली गुरुङ्गको परिवारलाई सामाजिक बहिस्कार गरेपछि गत शुक्रबार उनकी आफन्त सोममाया गुरुङ्गले जिल्ला प्रहरी कार्यालय गोरखामा निबेदन दर्ता गराएकी थिइन् । सो लगत्तै कार्यालयले मान्बु प्रहरी चौकीका असइ हरी प्रसाद अर्यालको नेतृत्वमा ११ जना प्रहरी टोली काशीगाँउ पठाएको थियो । शनिबार दिउसो काशीगाँउ पुगेको टोली र स्थानीय जनप्रतिनिधी माथी गाँउलेले दुब्र्यबहार गरेका थिए । आरोपित रोशन गुरुङ्गलाई पक्राउ गर्न नमिल्ने उनिहरुको तर्क रहेको वडा सदस्य घलेको भनाई छ । ‘गाँउलेले यो हामी सबै मुद्धा हो, पक्राउ गर्ने भए हामी सबैलाई गर्नुस, नत्र रोशनलाई मात्रै हामी लान दिदैनौ भनेका थिए’ घलेले भने ‘कुरा नमलिेपछि त सबै गाँउले एकैचोटी आए, मलाई पनि दुइ÷चार लात्ती हाने, अर्को वडा सदस्य कान्ते घले सहित २÷३ जना प्रहरीलाई पनि हातपात गरे, अवस्था जटिल बन्यो ।’

    यता जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी विमल बस्नेतले समेत प्रहरीलाई दुब्र्यवहार भएको स्विकार गरेका छन् । ‘गाँउमा ठूलो मास जम्मा भएका रहेछन्, सबै एकातिर भएर कुनै हालतमा आरोपितलाई पक्रन नदिने भनेपछि केहि असमझदारी उत्पन्न भएछ, केहिले प्रहरीलाई समेत धकेलेछन् ।’ एसपी बस्नेत भन्छन् ‘छलफल गाँउ मै हुनुपर्ने र जिल्ला लैजान नदिने उनिहरुको अडान रहेछ ।’

    शनिबार विवाद उत्पन्न भएपछि थप सुरक्षाकर्मी त्यसतर्फ पठाइएको छ । शनिबार नै आरुघाट प्रहरी चौकीबाट इन्सपेक्टरको नेतृत्वमा १२ जना नेपाल प्रहरी र असइको नेतृत्वमा ९ जना शसस्त्र प्रहरी काशीगाँउ पठाइएको एसपी बस्नेतले बताएका छन् । ‘बोक्सी जस्तो अन्धबिस्वासमा सबै गाँउ नै लागेका रहेछन्, उजुरी परेपछि आरोपितलाई हामी जसरी भएपनि ल्याउछौ, सबैतिर समन्वय पनि गरिरेरहेका छौ’ उनले भने ‘अनुसन्धान सुरु भइसकेको छ, कुनै हालतमा हामी पछि हट्दैनौ ।’

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.