गोरखा समाचारदाता
नेवार जातीको प्रतिनिधिमुलक सस्था नेवाः दय् दवूको प्रथम नगरभेला भएको छ ।
भेलाले भरत श्रेष्ठ अध्यक्षतामा नगर कार्यसमिति चयन गरेको छ । सम्र्वसम्वत रुपमा गठित समितिको उपाध्यक्षमा पुष्पा श्रेष्ठ, सचिवमा राहुल बज्राचार्य, कोसाध्यक्षमा सुर्यमायाँ श्रेष्ठ, सहसचिवमा गौतम श्रेष्ठ चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा कृष्ण कुमार श्रेष्ठ, पदम कुमारी श्रेष्ठ, भरत कुमार श्रेष्ठ, निर्मल बाबु श्रेष्ठ, दलमान श्रेष्ठ, चेतनारायण श्रेष्ठ, उषा श्रेष्ठ र प्रबिन श्रेष्ठ रहेको जिल्ला कार्यसमितिकी सचिव विद्या मास्के जानकारी दिइन् ।
नेवाः दय् दवूका जिल्ला अध्यक्ष देवीप्रसाद श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिकाकी उपमप्रमुख बिनाकुमारी श्रेष्ठको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेपाल आदीबादी जनजाती महासघंका अध्यक्ष विष्णु राना मगर, जिल्ला उपाध्यक्ष रामबाबु श्रेष्ठ, चेतनारायण श्रेष्ठ, उषा श्रेष्ठ, नारायणबाबु श्रेष्ठ, भगवानबाबु मास्के, कृष्णमान श्रेष्ठ, पुर्णमायाँ वन्त, रञ्जिला श्रेष्ठ लगायतले मन्तव्य लगायत राखेका थिए ।


