×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सम्बन्ध विच्छेदका घटना वर्षेनी बढ्दो

  •  
  • शुक्रबार, साउन १८, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    साउन १८ गते । जिल्लामा सम्बन्ध विच्छेदका घटना बढेको छ । जिल्ला अदालत गोरखाले दिएको जानकारी अनुसार गत वर्ष मात्रै १ सय ६० जोडीले कानूनी रुपमा अलग भएका छन् । ‘गएको आर्थिक वर्षमा १ सय ६० जोडीले हामी अलग भएर बस्छौ भनेर अदालतमा मुद्दा दर्ता गराउनु भएको थियो’ जिल्ला अदालत गोरखाका श्रेस्तेदार गोबिन्द्र आर्चायले भने ‘उहाँहरु सबैका मुद्दा किनारा लागि सकेको छन ।’ आर्थिक वर्ष २०७३/०७४ मा अदालतले १ सय ३० सम्बन्ध विच्छेदका घटनामा फैसला सुनाएको थियो ।

    त्यसको तुलनामा गत आर्थिक वर्षमा ३० थान मुद्दा बढेको अदालतलको तथ्याङ्कले देखाउँछ । ‘वर्षेनी सम्बन्ध विच्छेदका मुद्दा अदालत आउने क्रम बढ्दो छ’ उनले भने ‘हप्तामा २÷३ वटा सम्म फैसला भइरहेका छन ।’ आर्थिक वर्ष २०७२/०७३ मा भने ९७ थान सम्बन्ध विच्छेदका मुद्दा अदालतले किनारा लगाएको थियो । यसरी तिन वर्षको तथ्याङ्क केलाउँदा वर्षेनी ३० भन्दा बढि सम्बन्ध विच्छेदका मुद्दा अदालत सम्म आएको देखिन्छ । ‘सम्बन्ध विच्छेद र्शीषकमा अदालतमा दर्ता हुन आएका कुनै पनि मुद्दा हामीले बाँकी राखेका छैनौ’ श्रेस्तेदार आर्चायले भने ‘मुद्दाको चाप भने अत्याधिक छ ।’ जिल्ला प्रहरी कार्यालयले महिला तथा बालबालिकाको मुद्दा हेर्नका लागि छुट्टै सेल निर्माण गरिदिएको छ ।

    त्यहाँ सम्बन्ध विच्छेदका समस्या लिएर दिनहुँ मानिहरु आउने गरेको छन् । ‘हामीले हप्तामा २/३ वटा केस हेरिरहेका छौ’ महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख प्रहरी निरिक्षक कमला नरालले भनिन् । प्रहरीमा आउने अधिकाशंले अदालतबाट सम्बन्ध टुंग्याउने चाहना राखे पनि मिल्न सक्ने ठाउँ भएका, बच्चाबच्ची भएकाहरुलाई भने मिलाउने प्रयास गर्ने गरिएको उनले बताईन् । ‘कानूनले सम्बन्ध विच्छेद गर्न पाउने अधिकार दिएको छ तर पनि हाम्रा सामाजिक मुल्य मान्यता र घटनाको प्रकृति हेरेर कतिपय अबस्थामा मिलेर बस्दा राम्रो हुन्छ भनेर अनुरोध गर्ने गरेका छौ ।’ उनीहरुलाई मिल्नका लागि प्रहरीले दबाब भने नदिएको उनको दाबी छ । ‘केही दिन अघि ५० वर्ष भन्दा बढि उमेर भएका एक व्यक्ति आएर डिर्भोस गर्छु भन्नुभयो, उहाँका नातीनातिना सम्म भइसकेका रहेछन्, हामीले मिल्छ भने मिलेर बस्नुस भनेर सम्झाएर पठाएका छौ ’ प्रहरी निरिक्षक नरालले भने ।

    पछिल्लो समय मानिसको चेतनामा आएको वृद्धिसँगै पश्चिमा सस्कृतिको प्रभावका कारणले पनि सम्बन्ध विच्छेदका घटना बढेको कतिपयको बुझाई छ । परिवारलाई बिखण्डन गराएर आर्थिक चलखेल गराउने गिरोहोका कारण पनि श्रीमान् श्रीमती विचका स(साना असमझदारीले पनि सम्बन्ध विच्छेदको बाटो लिने गरेको छ । ‘केही घटना बास्तविक छन्, कतिपय देखा सिकीमा भइरहेको देखिन्छ’ महिला मानब अधिकार रक्षक सञ्जाल गोरखाकी अध्यक्ष साबित्री भट्टले भनिन् । महिलाको चेतनामा आएको परिर्वतनले पनि घटनाका दर बढेको हुन सक्ने उनको अनुमान छ ।

    सम्बन्ध विच्छेदका घटना बढ्नु पनि पहिलो कारण बैदेशिक रोजगार रहेको सरोकारवालाको भनाई छ । घटना बढेसँगै अन्य विकृती समेत मौलाएको अधिवक्ता एवं अधिकारकर्मी यादव शर्मा बताउँछन्, ‘कानूनले महिला र पूरुष दुबैलाई डिर्भोस माग्न बराबर स्वतन्त्रता दिएको छ, अलग भएर बस्न चाहनेलाई कसैले रोक्न सक्दैन ।’ बास्तवमा मर्कामा परेर डिर्भोस गर्ने भन्दा अन्य कारणले छुट्टिनेको संख्या बढेको उनको भनाई छ । सम्बन्ध विच्छेदसँगै आर्थिक मोलमोलाइ हुने गरेको भन्दै अधिवत्ता यादवले कानूनमा उक्त कुरा उल्लेख नभएको स्पष्ट पारेका छन् ।

    श्रीमान् नपुसक भएमा, खान लाउन नदिएमा, अर्की श्रीमती ल्याएमा, अर्की महिलालाई करणी गरेको भेटिएमा जस्ता अवस्थामा महिलाले सम्बन्ध विच्छेद गर्न पाउने कानूनी व्यवस्था छ । यसैगरी पुरुषले सोही प्रकृतिका विभिन्न अवस्थामा डिर्भोस माग्न पाउने अधिकार कानूनले दिएको छ । ‘कानूनले मोलमोलाई गर्न पाउने कुनै कुरा उल्लेख छैन, जसले दाबी गर्छ उसलाई खान लाउने खर्च दिने, अंश दिन, वच्चा छ भने उसको भरणपोषणको व्यवस्था गर्ने कुराहरु उल्लेख गरेको छ’ अधिवक्ता शर्माले भने । तर पछिल्लो समय देखासिकीको भरमा ठुलो आर्थिक चलखेल हुने गरेको छ । वैदेसिक रोजगार नै सम्बन्ध विच्छेदका घटनाको प्रमुख कारण देखिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन १८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.