×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३२ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

स्थानीयको पहलमा छेवेटारमा प्रहरी चौकी राखिदै

  •  
  • बिहिबार, साउन १७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    साउन १७ गते । गोरखा क्षेत्र नम्बर २ को प्रमुख व्यापारी नाका रुपमा विकास हुँदै गरेको छेवटारमा प्रहरी चौकी आवश्यक परेको भन्दै स्थानीय आफै भवन तयार गरिदिएका छन् । केही समय यता उक्त क्षेत्रमा अपराधिक क्रियाकलाप बढेको भन्दै गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारका स्थानीयले जिल्ला प्रशासनसँग प्रहरी चौकी माग गरेका थिए । प्रहरीका लागि तत्काल बस्ने ठाउँको प्रबन्ध गरे चौकी राख्न सकिने प्रशासनको आश्वासन पछि स्थानीयले पुरानो गाविस भवनमा मर्मत गरी प्रहरी बस्ने ठाउँ तयार गरिदिएका हुन् ।
    ‘यस क्षेत्रमा विभिन्न अपराधिक क्रियाकलाप बढ्न थाल्यो हामीलाई प्रहरी चौकीको अत्यान्त आवश्यकता महसुश भयो’ प्रहरी चौकी मर्मत तथा व्यवस्थापन समितिका कोसाध्यक्ष कमलनारायण श्रेष्ठले भने । प्रहरी चौकी माग गरेका स्थानीयले बस्ने ठाउँको प्रबन्ध गरिदिए चौकी राख्न सकिने प्रशासनले जवाफ दिएको थियो । सोही अनुरुप स्थानीय कै सक्रियतामा पुरानो भवन मर्मत गरी प्रहरी चौकीका लागि तयारी गरिएको हो ।
    ‘यहाँ सार्वजानिक भवन यसै अलपत्र थियो, पञ्चायतकाल देखिको भवन भएकाले जिर्ण पनि थियो हामीले सहयोग संकलन गरी मर्मत गरेका हौं’ उनले भने । धेरै समय पहिले बनेको प्रशासनिक भवन भुकम्पले झनै जिर्ण बनाएको थियो ।
    स्थानीयले स्वच्छिक रुपमा संकलन गरेको करिब १ लाख लागत र केही निर्माण सामाग्री समेत सहयोग लिएर भवन निर्माण गरिएको हो । पछिल्लो समय सरकारी तथा गैर सरकारी सहयोग बिना कुनै पनि सामाजिक काम नगर्ने संस्कार बिकास भईरहेका बेला छेवेटारका स्थानीय नमूना काम गरेर सबैलाई चकित बनाइदिएका
    छन् । ‘सानो कामका लागि पनि अरुको मुख किन ताक्ने भनेर हामीले जो सकेको काम गरेका हौ’ समितिका कोसाध्यक्ष श्रेष्ठले भने ‘सबैले जो सकेको दिनुभएको छ, कतिपय निर्माण सामाग्रीका व्यवसायी साथीहरुले सामाग्री पनि सहयोग गर्नुभएको छ ।’ स्थानीयले भवन निर्माण गरे सँगै गोरखा क्षेत्र नम्बर २ प्रवेशको प्रमुख नाको रुपमा बिकास भइरहेको छेवेटारमा प्रहरी चौकी स्थापना हुने भएको छ । ‘त्यहाँ प्रहरी चौकी आवश्यक छ भनेर स्थानीयले अनुरोध गर्नुभयो, अहिले हामीलाई बस्ने ठाउँको समेत प्रबन्ध गरिदिनुभएको छ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख बिमल बस्नेतले भने ।
    झण्डै ४ किलोमिटरको दुरीमा १२ किलोमा प्रहरी चौकी भएपनि छेवेटारमा बढेको आबाधी र भए गरेका घटनालाई आधार बनाएर प्रहरी चौकी राख्ने तयारी गरिएको छ । ‘सिडिओ साप र म गएर उक्त भवन हेरिसकेका छौ सम्ववत केही दिनमा हाम्रो टोली त्यहाँ जाने छ’ उनले भने ।
    छेवेटारमा प्रहरी चौकी राखिएसँगै सो क्षेत्रमा हुने आपराधिक कृयाकलाप नियन्त्रणमा सहयोग पुग्ने प्रहरीले विश्वास लिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन १७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.