गोरखा समाचारदाता
साउन १५ गते । रोजगारीको सिलसिलामा साउदी पुगेका गोरखाका कुमार रानालाई ब्लड मनीमा सहयोग गर्ने उद्वेश्यका साथ गोरखा सेवा समाज नेपालले सहयोग रकम उपलब्ध गराएको छ ।
रोजगारीको लागि साउदी पुगेका गोरखाका कुमार रानाले बिना लाइसेन्स सवारी चलाउदा स्थानिय खालिद फाहर सगरलाइ ठक्कर दिदाँ घाईते भएका थिए । घाईतेले अदालती कारवाही पछि २ लाख ९४ हजार साउदी रियाल तिर्न भने पछि रानाले उत्त रकम तिर्न नसक्दा बिगत १ बर्ष देखी साउदी जेलमा बस्दै आएका छन ।
रानालाई सहयोग गर्न गोरखाबाट रोजगारीका लागि कतार पुगेका सर्व साधारणहरुबाट संकलिन ६ हजार ३७२ रियाल अर्थात १ लाख ९० हजार रुपैयाँ गोरखा सेवा समाज कतार मार्फत गोरखा सेवा समाज नेपाललाइ प्राप्त भए पछि समाजका नेपालका अध्यक्ष कैलासबावु श्रेष्ठले एक कार्यक्रम बित रानाकी पत्नीलाई उत्त रकम हस्तान्तरण गरेको हो ।
सोही कार्यक्रममा नेपाल मगर संघ गोरखा र कारीतास नेपालले समेत क्रमश.१८ हजार ७४५ र १८ हजार ६५ रुपैयाँ सहयोग रकम उपलब्ध गराएको थियो । कायक्रममा कुमार राना बचाउ अभियानका अभियान्ता कृण्ण ढकालले ५८ लाख बराबरको रकम उठी सकेको जानकारी दिएका थिए ।
कुमारलाइ साउदी जेलबाट उन्मुत्ती दिनका लागि घाईतेलाई ८५ लाख २६ हजार बरावरको नेपाली रकम जम्मा गनुपर्ने हुन्छ ।
सहयोग रकम हस्तान्तरण
सहयोग रकम हस्तान्तरण
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


