कैलासबावु श्रेष्ठ/गोरखा
साउन १५ गते । नेपाली काँग्रेस गोरखाले आज गोरखा सरकारको बिरोधमा सदरमुकाममा साँकेतिक विरोध रयाली सम्पन्न गरेको छ ।

नेपाली काँग्रेस पार्टी कार्यालय तिनधारे देखी शुरु भएको रयालीले ठुलो आँगन, बसपार्क हुदै लोकतान्त्रिक चोकमा आएर कोण सभामा परिणात भएको थियो ।

कोण सभालाई संबोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य कमला पन्त, सुरेन्द्र राज पाण्डे र चिनकाजी श्रेष्ठले तात्कालीन अवस्थामा नेपाली काँग्रेस सरकारले गरेको जनमुखी निर्णय ओली सरकारले उल्टाएर कम्यूनिष्ट सरकारले नागों नाच नाचेको बताए ।

ठुलो संख्यामा उपस्थित काँग्रेस कार्यकतालाइ संबोधन गर्दै केन्द्रिय नेताहरुले भूकम्प पिडीतलाइ दिएको थप १ लाख, ७० बर्षलाइ घटाएर ६५ बर्षमा पाउने बृद्व भत्ता, मृगौला पिडीत, स्पाइनल इन्जुरी तथा क्यान्सर र मुटु रोगीलाइ दिने भनिएको जिविकोपार्जन भत्ता ओली सरकारले खारेज गरेकाले सबैलाइ सरकारको विरोधमा उत्रन आग्रह गरेका थिए ।





















