कैलासबावु श्रेष्ठ/गोरखा
साउन १५ गते । गोरखा मनकामना आसपासका स्थानीयले नयाँ मकै चढाएका छन् । परम्परा देखि चलिआएको मान्यता अनुसार यसवर्ष उत्पादन भएको नयाँ मकै स्थानीयले मनकामना माईलाइ चढाएको मन्दिरका पुजारी इन्सान थापा मगरले जानकारी दिए । ‘वर्षेनी नयाँ मकै भित्रयाउनु अघि मनकामनामाई चढाएर मात्र खाने चलन छ, सोही अनुसार यस वर्ष पनि मकै चढाइएको छ’ उनले भने । ढाँडबारी, बेतीनी, खाल्टेपानी, बक्रेश्वर, भाटेचौर, पडके, कोट%A राम्रो हुन्छ वर्ष भरी खान पुग्छ भन्ने मान्यता छ, त्यसैले वरङ्ग लगायतका स्थानीयले चढाएका हुन् ।
‘यसरी मकै चढाए अन्न भण्डार राम्रो हुन्छ वर्ष भरी खान पुग्छ भन्ने मान्यता छ, त्यसैले वर्षेनी मकै चढाउने चलन छ ।’ पुजारी थापा मगरले भने । साबिकको मनकामना गाबिसका ४ वटा स्थानीय बासीले प्रतिकात्मक रुपमा नयाँ मकै ल्याएर मन्दिरमा चढाएका हुन् । स्थानीयले प्रतिघर ३ घोगाका दरले जम्मा गरेको मकै गाउँगाउँका मुखियाँ मार्फत मनकामना मन्दिरमा पु¥याएर चढाएका हुन् ।
हरेक वर्ष साउन १ गते मकै चढाउने चलन भएपनि मकै पाक्न ढिलाई भएकाले यस वर्ष सोमबार चढाईएको मनकामना मन्दिर श्रोतले जनाएको छ । ‘स्थानीयले चढाएको मकै केही मन्दिरमा राखिन्छ बाँकी फेरी स्थानीयले बाढेर लानुहुन्छ’ पुजारी थापा मगरले भने ।
मन्दिरमा चढाइएको मकै बिउका लागि राम्रो हुने र धेरै फल्ने स्थानीयको विश्वास छ । मनकामनासँगै ,बक्रेश्वर र थानिमाईमा पनि स्थानीयले परम्परा अनुसार मकै चढाएका छन् । नेपाली हिन्दु परम्परामा नयाँ अन्न उब्जिएपछि हरेक वर्ष आफ्नो आस्था अनुसारको शक्ति पिठमा चढाएरमात्र खाने चलन छ ।


