गोरखा समाचारदाता
साउन १५ गते । सरकारले असंवैधानिक निर्णय गरेको भन्दै नेपाली काँग्रेस गोरखाले आज सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको छ । लोकतान्त्रिक संविधानको भावना मर्म विपरित कानुनी खिल्ली उडाउदै मनोमानी ढङ्गबाट सरकारले अधिनायकवादी शैलीमा सरकार अघि बढेको आरोप लगाउदै काँग्रेसले आज बृहत प्रदर्शन गर्ने जनाएको छ ।
सोमबार पार्टी कार्यालय तिनधारेमा पत्रकार सम्मेलन गर्दै काँग्रेसका सचिव नन्दप्रसाद न्यौपानेले संविधानले ब्यवस्था गरेपनि सरकारले त्यसमाथी धावा बोलिरहेको बताएका छन् । ‘सरकार अधिनायकवाद तर्फ अघि बढ्दैछ, सरकारले कानुन मान्नु पर्दैन ?’ उनले भने ‘लोकतान्त्रिक अधिकारमाथी यो कम्यूनिष्ट सरकारले धावा बोलिरहेको छ ।’
संबिधानमा ब्यवस्था भएअनुसार संघीय संसद र प्रदेश सभाका सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै उनले संविधान प्रदत्त शान्तीपूर्ण तरिकाबाट भेलाभई स्वतन्त्र रुपले आफ्नो विचार राख्न पाउने संबैधानिक अधिकार गुण्ठित गर्न खोजिएको उनको आरोप छ । ‘संविधानले नै जनतालाई शान्तीपूर्ण रुपमा भेला भएर आफ्नो विचार राख्न पाउने अधिकार दिएको छ तर सरकारले अहिले बिभिन्न क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरेर जनताको हक गुण्ठित गर्न खोजिएको छ’ सचिव न्यौपानेले भने ‘यसको हामी घोर भत्र्सना गर्छौ, विरोध गर्छौ ।’
अघिल्लो सरकारले गरेको जनपक्षिय निर्णयहरुलाई उल्टाइएको प्रति बिरोध गर्दै उनले यो सरकारले जनतालाई झुक्इाएको बताएका छन् । भुकम्पपिडितलाई थप गरिएको १ लाख, बृद्ध भत्तालाई ७० शर्षबाट ६५ बर्षका बृद्धबृद्धालाई दिने, मृगौला, स्पाइनल, क्यान्सर तथा मुटु रोगका बिरामीलाई मासिक रुपमा ५ हजार जिविकोपार्जन भत्ता दिने भन्दै देउवा सरकारले निर्णय गरेको थियो । तर ओली सरकार गठन भएलगत्तै सो निर्णयहरु बदर गरिएको थियो ।
त्यस्तै सरकारले पछिल्लो समय चरम मुल्यबृद्धि गरेर जनताको ढाड सेकेको बताउदै काँग्रेस गोरखाका सचिव न्यौपानेले बिना अध्ययन अस्वभाविक रुपमा कर बृद्धि गरेको बताएका छन् । ‘यो सरकार जनताको पक्षमा कुनै कोणबाट पनि देखिएन, सरकार जनताका आवस्यता र समस्याहरुमा उदासिन देखिएको छ’ उनले भने ‘सरकारले पञ्चायती शैलीमा जनतामाथी गैह्र जिम्मेवार तवरबाट दमनचक्र अपनाएर आफ्नो अलोकतान्त्रिक चरित्र देखाइरहेको छ ।’
ऋाज मंगलबार गोरखा बजारमा बृहत बिरोध ¥याली गर्ने नेपाली काँग्रेसले जनाएको छ । पार्टी कार्यालयबाट ११ बजे सुरु हुने ¥याली हरमटारीचोकमा गइ आमसभामा परिणत हुने बताइएको छ । ¥यालीमा काँग्ेसका केन्द्रिय सदस्यहरुको समेत सहभागिता रहने काँग्रेसले जनाएको छ । पत्रकार सममेलनमा नेपाली काँग्रेसका जिल्ला सभापति हरीबहादुर घले, नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सत्तार लगायतको सहभागिता रहेको थियो । मंगलबार काँग्रेसको देशभर सरकार विरुद्ध प्रदर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ ।


