गोरखा समाचारदाता
साउन १४ गते । नेपाल कम्युनिष्ट पार्टी सिरानचोक गाउपालिकाले छोप्राकमा आज कार्यालय स्थापना गरेको छ । सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राकमा आइतबार एक कार्यक्रमको आयोजना गरी कार्यालयको उद्घाटन गरिएको नेपाल कम्युनिष्ट पार्टीका सिरानचोक गाउँपालिकाले जनाएको छ । कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै सो पार्टीका युवा नेता नवराज पुडासैनीले जनताको काममा आबश्यक सहयोग पु¥याउन तथा स्थानिय सरकारको काममा सहयोग गर्न कार्यालय स्थापना गरिएको बताएका छन् । उनले कार्यलय स्थापना भएसगै गाउँपालिकाले गर्ने बिभिन्न बिकास निर्माणमा तथा निति निर्माणका काममा पार्टीको तर्फबाट समन्यव र निगरानी गर्न सजिलो हुने बताएका छन् ।
त्यस्तै पार्टी एकताको कामलाई गाउँपालिका, वडा, टोल र प्रारम्भिक तहसम्म व्यवस्थित बनाउनका लागि पनि कार्यालय स्थापना गर्नुपरेको नेता पुडासैनीको भनाई छ । कार्यालयको सहिद परिवार नेत्र कुमारी श्रेष्ठले उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा बुद्धिजिवी ज्ञानेन्द्र पोखरेल, गंगा कुमार चन्द्र पोखरेल, इश्वर गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम नेपाल कम्युनष्टि पार्टीका नेता शितलचन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
नेकपाद्धारा सिरानचोक कार्यालय स्थापना
नेकपाद्धारा सिरानचोक कार्यालय स्थापना
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


