गोरखा समाचारदाता
साउन १३ गते । लाभग्राही सुचीमानाम छुट भई गुनासो फारम भरेकाहरुको घर पुनःसर्वेक्षण नहुदाभुकप पिडित अन्यौलमा परेका छन् । जिल्लामाकरिब ३ हजार भन्दा बढि भुकम्पभुकम्प पिडितको घर पुनःसर्वेक्षण हुनबाँकी रहेको भएपनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले इन्जिनियर नखटाउदा अन्यौल भएको उनिहरुको गुनासो छ ।
भुकम्पगएको करिब ३९ महिनाबितिसक्दा समेत घर पुनःसर्वेक्षण नहुदा छुट भएका भुकम्पपिडित भने चिन्तितबनेका छन् । ‘भुकम्पले घर ढल्यो, गाँउमा सबैका घरले पैसा पाए तर मेरो आजसम्मनामपनिनिस्केको छैन’गोरखानगरपालिका १० किउर्मिलाखत्रीले भनिन् ‘लाभग्राहीमानाम छुट्यो भनेर वडालाई निवेदनदिएको एक बर्ष भयो तर आजसम्मनाप्नपनिआएका छैनन् ।’ भुकम्पगएको बर्षौ बितिसक्दा समेत छुट भएका घर पुनःसर्वेक्षण नहुदावास्तविक भुकम्पपिडित भने मर्कामा परेका छन् ।
एक बर्ष अघि साउन २८ गते देखि जिल्लामापुनःसर्वेक्षण्मा खटिएका इन्जिनियरलाई काम नै सम्पन्ननगरी सरकारले गतमहिनाफिर्ता बोलाएको थियो । जिल्लामा १५ हजार ५ सय ३५ घरले लाभग्राहीमानाम छुटेको भन्दै गुनासो फारम भरेकाथिए । तर साउन देखि कार्तिक मसान्तसम्म १२ हजार ३ सय २२ मात्र घर पुनःसर्वेक्षण सम्पन्नहुदा ४ हजार ५४ जनाको मात्रै लाभग्राहीमानामप्रकाशितभएको छ । जिल्लामाअझै ३ हजार २ सय १३ घरधुरीको पुनःसर्वेक्षण बाँकी रहेको प्राधिकरणको तथ्यांकमाउल्लेख छ ।
यताजिल्लाआयोजनाकार्यान्वयनइकाइअनुदानब्यवस्थापनतथा स्थानीयपूर्वाधार प्रमुख रामकुमार श्रेष्ठले भने अब छिट्टै पुनःसर्वेक्षणको काम सुरु हुने दावी गरेका छन् ।
‘पुनःसर्वेक्षणको कामअब साउनको अन्तिम सातादेखि नै सुरु हुन्छ, अहिले इन्जिनियरलाई तालिमदिने लगायतकाकामभइरहेका छन्’ प्रमुखश्रेष्ठले भने ‘अबपहिलानिवेदनदिएर पुनःसर्वेक्षण हुनबाँकीको मात्रै घरमाइन्जिनियर जान्छन् ।’
लाभबग्राहीमानाम छुटेका भूकम्पपिडित अन्यौलमा
लाभबग्राहीमानाम छुटेका भूकम्पपिडित अन्यौलमा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


