कैलासबावु श्रेष्ठ/गोरखा
साउन ११ गते । गोरखा सहित ४ जिल्लामा मोबाइल चोरी गर्ने मध्ये २ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुले गोरखा, तनहुँ, नवलपरासी र उदयपुरको मोबाइल पसल चोरी गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय गोरखाले चोरीमा संलग्न मध्ये भारत मोतिहारी झरौखरका २० बर्षिय आवेद आलम र सुरेश शाहलाइ निन्त्रणमा लिएको हो । चोरी भएका जिल्लाहरुको सिसिटिभी फुटेजको आधारमा उनीहरुलाइ भारतीय प्रहरीको सहयोगमा उनीहरुकै घरबाट नियन्त्रणमा लिएको थियो ।
असार २७ गते राती तनहुँको दमौलीमा रहेको सिटी मोबाइल, असार ३० गते गोरखा बजारमा रहेको नमस्ते मोबाइल, उदयपुरको गाईघाट र नवलपरासीको कावासोती बजारमा रहेको मोबाइल पसलबाट १५ लाख भन्दा बढीको मोबाइल चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
पक्राउ परेका दुवै जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय परिषरमा पत्रकार सम्मेलनमा मार्फत सार्वजनिक गरीएको थियो । चोरी भएको मोबाइल सेटबाट कल गरे पछि चोरी गर्ने समूहलाइ प्रहरीले पिछा गरेको थियो ।
चोरी गरीएकै मोबाइल सेटबाट पहिलो पटक धादिङ्गबाट अरुलाइ कल गरे पछि पिछा गरीएको यात्रा बिहीबार साँझ टुगिएको थियो । बिहीबार भारतीय प्रहरीले नेपाली सिमामा ल्याएर सुम्पीए पछि उनीहरुलाइ साँझ नै गोरखा ल्याइएको थियो ।
चोर पक्राउ गर्ने क्रममा प्रदेश नम्बर २ र ३ संग समन्वय गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक बिमल बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिएँ । असार ३० गते बिहान ४ः३० बजे गोरखाको नमस्ते मोबाइल पसलबाट उनीहरुले पाँच लाख बराबरको मोबाइल सेट, ब्लुटुथ हेडसेट र नगद चोरी गरी ट्याक्सी मार्फत चितवनको मुग्लीन बजार पुगेका । चोरीमा संलग्न हुनेहरुको संख्या ९ जना रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।
उनिहरुको साथबाट ५३ थान मोबाइल सेटहरु समेत बरामद गरिएको भएता पनि गोरखा र तनहुँबाट चोरी भएका र आईएमई प्रमाणित भएका १६ थान मोबाइल मात्रै गोरखा ल्याइएको छ । ३७ थान भने प्रदेश नम्बर ३ को हेटौडामा मै राखिएको प्रहरी कार्यालयले जनाएको छ ।
उनिहरुले नमस्ते मोबाइल सेन्टरबाट ओप्पो १४, स्यामसुङ्ग २, घडि ३० थान सहित नगद ८ हजार गरी ५ लाख ४२ हजार बराबरको सामान चोरी गरेका थिए ।


