कैलासबावु श्रेष्ठ/गोरखा
साउन ७ गते । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवत्ता नारायणकाजी श्रेष्ठले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसी रहेका डा.गोविन्द केसीको जीवनरक्षालाई सरकारले प्राथमिकतामा राखेको बताए ।
पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन गोरखा आएका श्रेष्ठले सोमबार सञ्चारकर्मीहरु संग बोल्दै वार्ताद्वारा खुला ढंगले छलफल गरेर समस्या समाधान गर्ने दोस्रो प्राथमिकता रहेको बताए।
‘श्रेष्ठले डा.केसीको माग र अनसनलाइ राजनितिकरण गरेको भन्दै राजनितिक दल, नागरिक समाज र आम समुदायलाई केसीको माग र अनसनलाइ राजनीतिकरण नगर्न भने । डा.केसीको मागलाई पुरा गर्न माथेमा प्रतिवेदनलाई सन्दर्भ सामाग्रीको गरीने श्रेष्ठले बताए ।
बिना पूर्वाग्रह छलफलबाट मुद्दाको सम्बोधन गर्न सरकार तयार रहेको भन्दै संसद भित्र प्रवेश गरेको विषयको अन्तिम निर्णय पनि संसद नै गर्ने उनले तर्क गरे।


