मोहसिन अलिमियाँ/गोरखा
साउन ७ गते । ट्राफिक सचेतनाकालागिनिरन्तर अभियान संचालनहुदैं आएपनिगोरखामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्याभने बढ्दै गएको देखिन्छ । दुर्घटना न्यूनिकरणका लागि सवारी जाँचमा कडाइ र कारबाहीको प्रक्रिया अघि बढाए पनि दुर्घटना कमहुनुको साटो झन बढ्दै गएको तथ्यांकले प्रमाणित गरेको छ ।
जिल्लामाआर्थिक वर्ष २०७४ /०७५ मा २३ वटा सवारी दुर्घटना हुदा १९ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएकाथिए । मृत्यु हुनेमा १७जनापुरुष रहेका छन् भने महिला ३ जना रहेको जिल्ला ट्राफिक कार्यालयको भनाई छ । अघिल्लो आर्थिक बर्ष २०७३/०७४ मा १९ सवारी दुर्घटनामा १४ जनाको ज्यानगएको थियो । यि दुइबर्षको तथ्यांकलाई तुलनागर्दा गतबर्ष दुर्घटनामा ६ जना मृतक बढेको देखिन्छ ।
यसरी हरेक वर्ष बढ्दो सवारी दुर्घटनाले मृत्यु हुनेको संख्यापनि बढ्दो छ । जिल्लामा साना सवारी भन्दापनि ठूला सवारी साधनमा दुर्घटना बढी हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । कच्चि सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा हरेक वर्ष सवारी दुर्घटना बढ्दो क्रममा छ ।
सवारी दुर्घटना र मृतकको संख्या बढ्न थालेपछि जिल्ला ट्राफिक कार्यालयले चेकजाँजमा कडाई गरेको जनाएको छ । ‘पहिलाको ट्रेन हेर्दा सदरमुकाम केन्द्रित चेकजाँचहुदो रहेछ, अहिले हामीले गाँउगाँउमा समेत चेकजाँच सुरु गरेर नियम उल्लंघन गर्नेलाई कडाइका साथकारबाहीथालेका छौ’ ट्राफिक प्रमुखदयारामपौडेलले भने ‘संगै हामीले सचेतनाकाकार्यक्रमलाई समेत प्रभावकारी रुपमा अघि बढाएका छौ, धेरै ठाँउमा सचेतनाका हार्डिङ्ग बोर्डहरु राखेका छौ, अहिले नियममिचेर सवारी चलाउनेको संख्यामाकमिआएको छ ।’




















