×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

मध्ये वर्खामा धमाधम कालोपत्र

  •  
  • आइतबार, साउन ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    साउन ६ गते । मध्ये वर्खा चलिरहेको छ । दिन रात पानी परिरहन्छ । एक छिन पानी रोकिन पाउदैन गोरखा सदरमुकाम देखि गोरखा दरबार जाने सडक मर्मत लागि कामदारहरु जुटि हाल्छन् । त्यहाँ सडक बोर्ड र गोरखा नगरपालिकाको साझेदारीमा किशोर निर्माण सेवा एण्ड सप्लार्यसले सडक मर्मतको काम गरिरहेको छ । पहिले कालोपत्रे गरिएको सडकमा परेका खाल्डाखुल्डी पुर्ने र उक्त ठाउँमा कालोपत्रे गर्नका लागि ४० लाख बजेटमा ठेक्का स्वीकृत भएको हो । असार मसान्तमा आएर काम सुरु गरेको किशोर निर्माण सेवाले गरेको काम गुणस्तरहिन भएको गुनासो स्थानीयले गरेका छन् । ‘दिनभर काम गरे जस्तो गर्छन, पानी आउँछ उत्तिखेरै बगाएर लैजान्छ’ सतिपिपलकी भिमकुमारी गुरुङले गुनासो गरिन् ।

    गरिएको काम कहि क्षणमै पानीले बगाएर लैजादा पनि काम नरोकिएको प्रति स्थानीयले आक्रोश व्यक्त गरेका छन् । वर्खाको समयमा सडक मर्मतका काम गराएर नगरपालिकाले बजेट सक्ने काम मात्र गरेको उनीहरुले आरोप लगाएका छन् । यता गोरखा नगरपालिकाले भने पानी परेका बेला काम गर्न नदिएको दाबी गरेको छ । ‘लगातार पानी परेकाले हामीले केही दिनका लागि काम रोक्न लगाएका छौ’ गोरखा नगरपालिकाका सूचना अधिकारी एवं इन्जिनियर प्रकास ढकालले भने ‘पानी परेको बेला त पिच गर्ने कुरै आउँदैन् ।’ तर स्थानीय भने उक्त कुरा मान्न तयार छैनन् ।

    झण्डै १५ दिन अघि काम थालेको ठेकेदार कम्पन्नीले अहिले सम्म २०० मिटर कालोपत्रे, ७०/८० मिटर बेस निर्माण र सतिपिपलबाट छहरे धारामा सम्म कटिङको काम गरेको किशोर निर्माण सेवा एण्ड सप्लार्यसका विष्णु थापा मगरले बताए । आर्थिक वर्षको अन्तिममा मात्र ठेक्का स्वीकृत भएकाले वर्खामा काम गर्नु पर्ने बाध्यता भएको भन्दै उनले पानी परेको बेला कालोपत्र नगरेको दाबी गरे । ‘ठेक्का पनि ढिलो स्वीकृत भयो, तर पनि मैले बिग्रार्ने हिसाबको काम गरेको छैन’ ठेकेदार थापाले भने ‘पानी परेका बेला अरु काम गरेको छु, नपरेको बेलामा मात्र पिचको काम हुन्छ ।’

    काम थालेको १५ दिन भएपनि झण्डै १ महिना अघि देखि तयारी थालेको भन्दै उनले विभिन्न कारणले काम गर्न समस्या भएको बताए । ‘२४ घण्टा गाडी हिडिरहन्छ, रोकेर काम गर्न पाइदैन, रोक्न खोज्यो सबै तिरबाट प्रेसर आउँछ, पानी नपरेको दिन पनि ढुक्कले काम गर्ने अबस्था छैन्’ थापाले भने । सडक कालोपत्रे गर्नका लागि घाम लागेको समय आवश्यक पर्ने इन्जिनियरहरु बताउँछन । उपर्युक्त तापक्रम बिनै गरिएको पिच धेरै दिन नटिक्ने विज्ञहरुहरुको भनाई छ । ‘वर्खाको समय तापक्रम नपुगी गरेको पिच काम लाग्दैन, हामीले उहाँहरुलाई टेम्परेच मेण्टेन नगरी काम गर्न दिएका छैनौं’ इन्जिनियर ढकालले भने ‘म आफै साइड उपस्थित भएर प्रत्येक्ष निगरानी राखिरहेको छु ।’

    अहिलेसम्म निर्माण सम्पन्न भएको काममा पानीले कुनै असर नगरेको इन्जिनियर ढकालको दाबी छ । निर्माणाधिन अवस्थामा केही सामान बगाए पनि बनेको संरचना राम्रो भएको उनले बताए । उक्त क्षेत्रको भत्किएको सडक तत्काल पिच नगरे थप क्षती हुने भएकाले पनि वर्खामा मर्मतको काम गर्नुपरेको नगरपालिकाले बताएको छ । ‘हाम्रो चाहना वर्खामा पिच गर्ने होइन्, तर यथाशिघ्र त्यहाँको सडक मर्मत हुन सकेन भने झनै जिर्ण बन्ने देखिन्छ’ इन्जिनियर ढकालले भने । पिचको काम केही समय रोकेर मौसम सुधार भएपछि मात्र गर्ने उनको भनाई छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.