कैलासबावु श्रेष्ठ/गोरखा
साउन ३ गते । डा.गोबिन्द केसीको समर्थनमा गोरखा जिल्लामा रहेको सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत सबै चिकित्सक बिहीबार हड्तालमा उत्रिएका छन । आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गराएर उनीहरु हड्तालमा उत्रिएका हुन ।

सदरमुकाममा रहेको गोरखा अस्पतालका स्वास्थ्कर्मीले पनि अफिस समय सुरु भए देखी आकस्मिक बाहेक अन्य सेवा ठप्प पार्दै हडतालमा उत्रिएका छन । स्वास्थ्य क्षेत्रमा लागेको सामान्य देखी बिशेषज्ञ चिकित्सक समेत आफ्नो नियमीत काम छाडेर डा। केसीको मसर्थनमा हड्तालमा उत्रिएका हुन ।

‘डा।केसीको समर्थनमा केन्द्र देखी भएको निर्णय अनुसार हामीले हड्ताल गरेका हौ । अकस्मिक सेवा भने पालै पालो हेरेका छौ’ भन्छन गोरखा अस्पतालका एक चिकित्सक























