गोरखा समाचारदाता
साउन ३ गते । पत्रकार महासंघले पूर्व अध्यक्ष एबं कान्तीपूर टेलिभिजनका जिल्ला संवाददाता भीमलाल श्रेष्ठ माथि भएको घटनाको भत्र्सना गरेको छ । महसघंले एक विज्ञप्ती जारी गर्दे साउन १ गते गण्डकी गाउँपालिकामा भएको घटनाको निन्दा गरेको हो ।
साथै उक्त घटनालाई जोडेर घ्याल्चोकका स्थानीय सुधिर कार्की र शरण गुरुङले सामाजिक सञ्जालमा गाली बेइज्यती गरेको, मानसिक यतना दिन कुचेष्टा गरेको भन्दै महासंघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख्य गरिएको छ ।
‘साउन १ गते गण्डकी गाउँपालिकाको बजेट सार्वजानिकीकरण कार्यक्रममा समाचार संकलन गर्न गएका बेला सञ्चारमाध्यमा माझी उत्थान कार्यक्रमको बजेटले सुँगुर काटेर खाएको समाचार लेखेको विषयमा छलफल हुँदा केहीले गुण्डागर्दै शैलीमा परिचय माग्ने, धम्क्याउने गरेको घटना प्रति पत्रकार महासंघ जिल्ला शाखा खेद प्रकट गर्दछ’ संघका जिल्ला सचिव नरहरि सापकोटाद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
उक्त घटनापछि सामाजिक सञ्जालमा पत्रकारको मनोबल गिराउने गरी गाली, बेइज्यती गर्ने, धम्क्याउने गरेको घटनाको घोर भत्र्सना गर्दै सार्वजानिक ठाउँमै सञ्चारकर्मी माथि बद्यिनता पूर्वक दुव्र्यहार गर्नेलाई कानूनी कारवाहीका लागि जोडदार माग गरिएको छ ।
त्यस घटनाले सत्य तथ्य समाचार लेख्य पत्रकार माथिको प्रश्न चिन्ह खडा भएकको भन्दै घटनाका आरोपीलाई कडा कानूनी कारवाही गर्न जोडदार माग गरेको छ ।




















