कैलासबावु श्रेष्ठ/गोरखा
साउन २ गते । मंगलबार रातभर परेको ठुलो पानीका कारण गोरखाको सहिदलखन गाउँ पालिका ६ को अधेरीमा पहिरोमा पुरीएर ३ जनाको मृत्यु भएको छ ।
रातभरी परेको पानी कारण बुधबार बिहानै अधेरीका नवराज कुवरको घर पहिरोले बगाउदाँ कुवरका ८ महिनाको छोरा यूनिक कुवर, २१ बर्षिया भान्जी सरु कुवर र ११ बर्षिया भतिजी प्रबिना कुवरको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
बुधबार बिहान ६ बजे घर माथि रहेको बारीको काल्लाबाट पहिरो खसेको स्थानिय दिपक कुवरले टेलिफोन मार्फत जानकारी दिएँ । सरु र प्रबिना साउने संक्रान्ती मान्न पाहुना आएका थिए ।
पहिरोका कारण वरपर रहेको ६ घर जोखिममा रहेकोले अहिले सबैलाई स्थानियको सहयोगमा नजिकै रहेको श्री दुर्गा प्रा.बि.मा लगेर राखीएको छ ।
गोरखाको सहिदलखनमा पहिरो परी ३ जनाको मृत्यु
गोरखाको सहिदलखनमा पहिरो परी ३ जनाको मृत्यु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


