काठमाडौँ — गाेरखा फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणमा हालै मात्र पुर्पक्षका लागि कारागार गएका छविलाल पाैडेल निर्दाेष भएकाे पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।
शुक्रबार भरतपुरकाे पटिहानीमा भएकाे कार्यक्रममा दाहालले भने, ‘हाम्राे विचारमा उहाँ निर्दाेष हुनुहुन्छ। केही दिनभित्र अदालतले पनि यही कुरा प्रमाणित गर्ने विश्वास हामीले लिएका छाैं।’
माअाेवादीले सञ्चालन गरेकाे सशस्त्र संघर्षका समयमा वि. सं २०६१ जेठ २४ मा गाेरखा फुजेलका कृष्ण अधिकारीकाे चितवन रत्ननगरमा हत्या भएकाे थियाे। जसकाे जिम्मा तत्कालीन विद्राेही माअाेवादीले लिएकाे थियाे।
उक्तहत्याविरूद्ध ७० चैत्रमा गाेरखाका छविलाल पाैडेललगायत १३ जना विरूद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएकाे थियाे। जिल्ला र पुनरावेदन अदालतले सबैलाई तारेखमा छाड्न भने पनि सर्वाेच्च अदालतले छविलाललाई पुर्पक्षका लागि थुनामा राख्न भनेकाे थियाे। तर, छविलाल कारागार चलान भएका थिएनन्।
लाेकतन्त्रमाथि नै प्रश्न चिह्नखडा हुन्छ कि भन्ने कुरा मिडिया र अन्यले उठाएपछि छविलाललाई अाफूहरूले जेल जान भनेकाे उनले बताए। ‘लाेकतन्त्रकाे अभ्यासमा कही कतैबाट प्रश्न उठ्न नपाअाेस् भनेर हामीले छविलाललाई सर्वाेच्च अदालतमा हाजिर हुन भन्याैं। उहाँ अहिले डिल्लीबजारकाे खाेरमा हुनु हुन्छ,’ दाहालले भने।
डाक्टर गाेविन्द केसीकाे सन्दर्भमा पनि सरकार संवेदनशील भएकाे दाहालले बताए। उनले भने, ‘वार्ता टाेली बनाउने, चिकित्सककाे टाेली जुम्ला पठाएर डाक्टर केसीलाई काठमाडाैं ल्याउने, उहाँकाे जीवन रक्षा र वार्ताकाे वातावरण बनाउने कुरामा सरकारकाे तर्फबाट पहल सुरू भएकाे छ।’
kantipurdaily




















