मोहसिन अलि मियाँ/गोरखा
जिल्लाको विकासमा सरकारी निकाय र नागरिक समाजबिच सहकार्य जरुरी रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । नागरिक समाजःपारस्परिक जवाफदेहिता परियोजना अन्तरगत जिल्ला सदरमुकाममा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले जिल्लाको विकासमा सरकार र नागरिक समाज मिलेर जानुको बिकल्प नरहेको बताएका हुन् ।
सोच नेपाल र नागरिक साझा सवाल गोरखाको संयुक्त आयोजनामा गोरखाको वर्तमान अवस्थामा सरकारी निकाय र नागरिक समाज बिचको सहकार्य बिषयक छलफल कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका सभापति अशोक कुमार गुरुङ्गले सरकार र नागरिक समाज एक रथका दुई पांग्रा भएको बताएका छन् । ‘हामी विकास चाहान्छौ, परिवर्तन चाहान्छौ तर यसमा सरकार एक्लैले केहि गर्न सक्दैन र सम्भवपनि छैन, यसका लागि नागरिक समाज संगै हुनु आवस्यक छ’ उनले भने ‘समाज बनाउन सबैको दायित्व उत्तिकै छ, सबै जिम्मेवार बनौ परिवर्तन असम्भव छैन । ’नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिससकी उपप्रमुख जानुका अधिकारीले सबै पक्ष पारस्परिक जवाफदेहि बन्नु पर्नेमा जोड दिएकी छिन् ।
त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले सरकार र नागरिक समाजपक्ष र विपक्ष भन्दा पनि साझेदार बन्न आवस्यक रहेको बताएका छन् । सेवा दिनका लागि सम्पूर्ण निकाय जिम्मेवार हुन आवस्यक रहेको बताउदै उनले सेवालाई छरितो र सर्वसुलभ बनाउनु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाकी उप प्रमुख बिनाकुमारी श्रेष्ठले अझै सम्म पनि महिलालाई कागजमा मात्रै सिमित गराइएको भन्दै असन्तुष्टी जनाएकी छिन् । ‘अहिले कानुनले नै हरेक निकायमा महिला अनिवार्य बनाएको छ तर अहिले कागजी प्रकृया पूरा गर्नमा मात्रै महिलालाई सिमित बनाइएको छ ।’ उनले भनिन् ‘नागरिक समाजले समाजमा रहेका बेतिथीको पहिचान गरि उठान गर्न जरुरी छ, त्यसमा स्थानीय निकाय सहकार्य गर्न प्रतिवद्ध छ ।’
एफएचआई ३६० र युएसएडको आर्थिक सहयोगमा संचालन भएको पारस्परिक जवाफ देहिता परियोजना अन्तरगत भएको कार्यक्रममा प्याप्सन गोरखाका अध्यक्ष सिताराम तिवारीले हरेक बिषयलाई नकरात्मक रुपमामात्रै सोच्न नहुने बताएका छन् । आफ्नो कर्तब्यबाट कोही पनि भाग्न नहुने बताउदै उनले कर्मचारी, जनप्रतिनिधी र नागरिक समाजगरि त्रिपक्ष सहकार्यको आवस्यकता रहेको बताएका छन् । सरकारले आफैले ल्याएका निति नियम कार्यान्वयन गर्न नसकेको बताउदै मानव अधिकार सञ्जालका संयोजकयदु अधिकारीले लहडमा समाज परिवर्तन हुन नसक्ने बताएका हुन् ।
सरकारी निकायमा ढुक्कसंग सेवाग्राहीले सेवालिन सक्ने अवस्था नरहेको प्राध्याप कएकदेव अधिकारीले बताएका छन् । निर्वाचनका बेला जनप्रतिनिधीले धेरै आकांक्षा बाँडेको भन्दै उनले अहिले पूरा गर्नमा समस्या भएको बताएका छन् । समाजमा काम गर्नेभन्दा कस्मेटिक कुरा गर्नेको संख्या बढेको शहिदलखन गाँउपालिका ८ का वडअध्यक्ष काशीनाथ अम्गाइले बताएका छन् । त्यस्तै गोरखा नगरपालिका ८ का वडा अध्यक्ष कृष्ण केसीले पाँच बर्ष जनताको सेवा गर्न आएको भन्दै यसमा नागरिक समाजको सहयोग महत्वपूर्ण रहेको बताएका छन् । सरकारी निकायलाई गाँउ गाँउ सम्म पुगेर जिम्मेवारी बोध गराउन जरुरी रहेको वडा नम्बर २ का वडा अध्यक्ष रहमतुल्ला मियाँले बताएका छन् ।
त्यस्तै औषधी ब्यवसायी संघ गोरखाका अध्यक्ष संगमबाबु श्रेष्ठले जिल्ला अस्पतालबाट सेवाग्राहीले भनेजस्तो सेवा नपाएको बताएका छन् । जिल्लाका मेडिकलहरुमा मुल्य समायोजनको खाँचो रहेको भन्दै उनले ३ सय ६ मेडिकल मध्ये ३७ मेडिकलले मात्रै कानुनी प्रकृया पूरा गरी दर्ता भएको बताएका छन् । त्यस्तै स्थानीय सभाका सदस्य अनिल रानाले जिल्लामा सञ्चालन भएका ट्याक्सीले मनोमानी भाडा असुल्दा समेत प्रशासन मौन रहेकोमा असन्तुष्टी ब्यक्त गरेका छन् ।


