नरेन्द्र ढकाल/ गोरखा
असार २८ गते । जिल्लाको सडक कालोपत्रको प्रगती शुन्य हुने भएको छ । आर्थिक वर्ष सकिन करिब ५ दिन बाँकी रहँदा निर्माणाधिन कुनै पनि नयाँ सडक कालोपत्र नहुने स्पष्ट भएको हो । ११ किलो छेवेटार, भाँलुस्वारा सडक आयोजना र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) अन्र्तगतका कुनै पनि सडक आयोजना कालोपत्र नहुने देखिएको छ । ‘यो आर्थिक वर्ष भित्र अब पिच गर्ने सम्भावना करिब सकिएको छ’ ११ किलो भाँलुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख अमृतमणी रिमालले भने ।
उक्त सडक आयोजनामा मार्फत बारपाकसम्मको सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता भएको लामो समय बितिसकेको छ । गाँखुको जरेबरबाट बारपाक सम्मको सडकलाई चार खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ । नार्गाजुङ त्रिसुली जेभी, कन्काई गोरखा, लोहनी एण्ड बदर्स, रसुवा इलाइट र सूर्यजेभी नामक कम्पनीहरुले काम गरिरहेको उक्त सडकमा कुनैमा पनि कालोपत्र सुरु नभएको होे । यसैगरी गोरखा आरुघाट सडक खण्डको गोरखा नगरपालिका बुढीखोला खण्डमा २ किलो मिटर सडक पिच गर्ने स्वीकृती पाएको काष्ठमाण्डप नामक कम्पनीले पनि कालोपत्रको सुरु नै नगरेको आयोजनाका प्रमुख रिमालले बताए ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) मार्फत सञ्चालन भएका भुकम्प सहायता आयोजनामा पनि एक किलोमिटर सडक पनि पिच हुन सकेको छैन् । एसियाली बिकास बैङ्कको आर्थिक तथा स्वीच् सरकारको प्राविधिक सहयोगमा निमार्णाधिन द्रव्यशाह मार्गको ३०.५ किलोमिटर सडक कालोपत्रको काम सक्नुपर्र्नेे बेला भइसक्दा समेत १ किलोमिटर पनि पिच भएको छैन् । ‘अण्डर कन्ट्रनको काम भइरहेको छ, अहिले सम्म दुबै खण्डमा पिच भएको मलाई पनि जानकारी छैन’ आयोजना प्रमुख रामकुमार श्रेष्ठले भने । लुँइटेलबाट चित्रे पोखरीसम्मको १७.६० र चित्रे पोखरीबाट नयाँगाउँ सम्मको १२.९ किलोमिटर सडकमा ग्राभेलको काम पनि पुरा हुन नसकोको स्थानीयहरुले बताएका छन् । उक्त सडकको पहिलो खण्डमा लामा अमर जेभी र दोश्रो खण्डमा लामा कन्सट्रसनले बोलपत्र स्वीकृत गराएर काम गरिहेको छन् । तर दुई वटै खण्डमा यसवर्ष कालोपत्र गर्ने सम्भावना सकिएको आयोजनाको टोली प्रमुख सुक बहादुर तामाङ्गले जानकारी दिए । ‘हाम्रो अपेक्षा पुरा भएन अब कालोपत्रको लागि माघ फागुन कुर्नुपर्छ ।’ वर्खा र चिसो मौसममा सडक कालोपत्र गर्न नमिल्ने भएकाले गर्मी मौसम पर्खनु पर्ने उनको भनाई छ ।

यसैगरी सोही कार्यालय मार्फत बाहकोट देखि सौरपानी सम्मको सडक भने ट्रयाक खोल्ने काम मात्र भएको छ । उक्त सडक निर्माणको जिम्मा तामाङ्ग कुमार जेभी पाएको छ । जिल्लामा मध्ये पहाडी सडक आयोजनाको प्रगती पनि अन्य जिल्लाको तुलनामा कम देखिएको छ । छिमेकी जिल्लाका पिचका काम सुरु भइसक्दा गोरखामा भने ट्रयाक खोल्ने काम समेत सकिएको छैन् ।
त्यस्तै धादिङ, आरुघाट गोरखा सडक आयोजनाको प्रगती पनि उस्तै छ । दुई खण्ड गरी १५ किलोमिटर कालोपत्रे गर्ने भनिएपनि अहिले सम्म आधारभूत पूर्वाधारको काम भइरहेका आयोजना प्रमुख नविनमान श्रेष्ठले बताए । ‘गोरखामा ३ नम्बर ठेक्काको १० किलोमिटर र ४ नम्बरको ५ किलोमिटरमा काम भइरहेको छ’ उनले भने ‘अहिले सम्म हामी अण्डर कन्ट्रक्सनमै तहमा छौ ।’ उक्त आयोजनामा ३ नम्बर ठेक्काको १० किलोमिटर आर्दश तामाङ्ग जेभी र ४ नम्बर ठेक्काको ५ किलोमिटर सडक बज्रगुरु सिर्नजी जेभीले निर्माणको स्वीकृती पाएको छ । दुईवटै ठेक्का सम्झौता अवधि झण्डै १ वर्ष बाँकी रहेकाले आगामी आर्थिक वर्षको जाडो सयम पछि १५ किलोमिटर सडक कालोपत्रे हुने उनको दाबी छ ।

केही समय अघि जिल्ला प्रशासनले कडाई गरेपछि काममा फर्किका ठेकेदारले यस आर्थिक वर्षमा नतिजा भने दिन सकेनन् । ‘हामीले कडाई थाल्दा आर्थिक वर्ष सकिन एक महिना मात्र समय बाँकी थियो, यो समयमा कति प्रगती भयो त्यो यकिन त भएको छैन’ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने ‘साउनमा उहाँहरु सबैलाई बोलाएर प्रगती बिवरण माग्छौं ।’ बिकास निर्माणको काममा प्रशासन बाधक नबन्ने भन्दै उनले काम गर्न चाहनेहरुलाई सहजीकरण गर्ने र नगर्नेहरुलाई कारवाहीको दायरामा ल्याउने उनको भनााई छ । गोरखा आँबुखैरनी सडकको दायाँबायाँ गरी १.५ मिटर सडक पिच चौडा र नगर क्षेत्रमा केही सडक मर्मत भए नयाँ सडक कालोपत्र गर्ने काममा जिल्ला भरको प्रगती शुन्य देखिएको छ ।

तस्विर देब खनालको फेसबुक पेजबाट कपि गरीएको हो


