×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

एइईमा सरस्वती मावि पहिलो, सिद्धार्थ मावि अन्तिम

  •  
  • बुधबार, असार २७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    असार २७ गते । यसवर्ष गोरखाको एइई परिक्षामा सरस्वती माबि आहाले पहिलो भएको छ ।

    जिल्लाका एक खुल्ला सहित १ सय १२ सामुदायिक मध्ये आहाले पहिलो भएको छ । ११५ जना विद्यार्थीले परिक्षा दिएको आहालेमा १४ जनाले ३.६ भन्दा माथिको जिपिए ल्याएका छन् । ति मध्ये आशिष रोक्काले ३.९ र सुचना भण्डारीले ३.७ जिपिए ल्याएर जिल्लामा सबै भन्दा धेरै प्राप्ताङ्क ल्याउने छात्र÷छात्रा बनेको बिद्यालयले दाबी गरेको छ ।

    ‘हाम्रो जानकारीमा आए अनुसार छात्र/छात्रा दुबै हाम्रै विद्यालयका बाबुनानीले जिल्लामै उत्कृष्ट भएका छन्’ सरस्वती मावि आहालेका सहायक प्रधानाध्यापक राजन कट्टेलले भने । जिल्लाका कुल ६७ विद्यार्थीले ३.६ भन्दा माथिको जिपिए ल्याएका छन् ति मध्ये १४ जना आहालेका हुन् । उक्त विद्यालयका अन्य ३६ जना विद्यार्थीले ३.२ माथिको जिपिए ल्याएको विद्यालयले बताएका छ ।

    ‘उत्कृष्ठ नजिता आउनुको पछाडी विद्यार्थी र शिक्षक लगनशिलता र शैक्षिक वातावरण दुबै हो’ सहायक प्रअ कट्टेलले भने । उता सरस्वती मावि बोर्लाङ्क दोश्रो र केरांैजा मावि केरौंजा तेश्रो भएका छन् । यसैगरी ज्ञानज्योति मावि हंसपुर चौथो र नवजागृती चण्डी मावि अश्र्राङ पाँचौ भएका जिल्ला शिक्षा बिकास तथा समन्वय इकाईले जानकारी दिएको छ । ‘सबै भन्दा राम्रो जिपिए ल्याउने र विद्यार्थी संख्या धेरै भएका आधारमा यो नतिजा निकालिएको हो’ उपसचिव कृष्णप्रसाद सिग्देलले भने ।

    उता बारपाक सुलिकोट गाउँपालिका ४ को सिद्धार्थ माबि सौरपानी अन्तिम भने नम्बरमा परेको छ । त्यसैगरी अन्तरज्योति मावि ताकुकोट, माझथर मावि स्वाँरा, हिमालय मावि बारपाक र सरस्वती मावि फिनाम सबै भन्दा कम जिपिए ल्याउनेमा अन्तिमबाट दोश्रो, तेश्रो, चौथो र पाँचौ नम्बरमा परेका छन् । अन्तिम नम्बरमा परेका ४ बिद्यालय बारपाक सुलिकोट गाउँपालिका हुन भने सरस्वती मावि फिनाम गोरखा नगरपालिका भित्र पर्छ ।

    ‘हाम्रो नतिजा कमजोर देखिनुको पछाडी शिक्षक दरबन्दी पहिलो कारण हो’ बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले भने ‘सदरमुकामका विद्यालयमा शिक्षक हाई काडेर बस्छन, यहाँ शिक्षक नभएर विद्यार्थीले पढ्न पाएका छैन, अनि कसरी राम्रो नतिजा अपेक्षा गर्न सकिन्छ ?’ विद्यार्थी अनुसारको दरबन्दी माग गरेपनि परिपूर्ती हुन नसक्दा एसइई परिक्षाको नतिजा त्यस्तो आएको उनको भनाई छ । अहिले प्रयाप्त शिक्षक नभएका कारण ७७÷७८ जना विद्यार्थीलाई एउटै कक्षा राखेर पढाउनुपर्ने बाध्यता छ ।

    ‘सिदार्थ, माझथर, अन्तज्योति तिन वटै विद्यालयमा विद्यार्थी अनुसार दरबन्दी नै छैन, बारपाकको समस्या चाँही अर्कै छ’ गाउँपालिका अध्यक्ष भट्टले भने । बारपाकमा भने व्यवस्थापन कमजोर देखिएको उनको ठहर छ । गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि विशेष पहल गरिरहेको समेत बताए, ‘गुणस्तर सुधार गर्ने काम हाम्रै हो’ उनले भने ‘यसलाई गम्भिरता पूर्वक लिएका छौ ।’

    यसैगरी निजि विद्यालय तर्फ भने द वल्र्ड क्यापिटल मावि रानीवनले सबै उछिनेको छ । मनकामना इलिस बोडिङ स्कूल सतिपिपल भने अन्तिम भएको छ । सामुदायिक तर्फ उत्कृष्ट हुने ५ विद्यालयले प्रोत्साहन स्वरुप र कम नतिजा ल्याउने ५ विद्यालयले ग्रेट सुधारका लागि १÷१ लाख अनुदान पाउने बताइएको छ । १ सय ११ सामुदायिक, एक खुल्ला र ९ सस्थागत गरी १२१ विद्यालयका ४ हजार ८८३ विद्यार्थी परिक्षामा सहभागी भएका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार २७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.