गोरखा समाचारदाता
असार २७ गते । पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीको अबण्डामा खानेपानी आयोजना निर्माण भएको छ ।
खानेपानीको निकै समस्या रहेको उक्त ठाउँमा रोटरी क्लव अफ गोरखा र जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले सयुक्त रुपमा आयोजना निर्माण गरेका हुन् । १४ घर घुरी रहेको अबण्डामा १ घण्टा हिडेर ल्याएको पानी स्थानीयले उपभोग गर्दै आएका थिए । उक्त आयोजना बनेपछि अहिले उनीहरु निकै खुसि भएका छन् ।
करिब ५ लाख लागतमा बनेको देउती कुना मस्र्याङ्की खानेपानी आयोजनाकाको एक कार्यक्रमका विच रोटरी क्लव अफ गोरखाका अध्यक्ष कृष्ण प्रसाद ढकाल र पूर्व अध्यक्ष शंकर पोखरेलले सयुक्त रुपमा उद्घाटन गरेका हुन ।
देउती कुना मस्र्याङ्गी खानेपानी तथा सरसफाई उपभोक्ता समिति अबण्डाका अध्यक्ष प्रकेट तमाङको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ गोरखाका पवनरमण खनाल, स्थानीयहरु प्रेम तमाङ र प्रमिला कुमालले मन्तव्य राखेका थिए । उक्त आयोजना मस्याङ्गी नदि बाट लिफ्ट गरी निर्माण गरिएको हो ।


