कैलासबावु श्रेष्ठ/गोरखा
गोरखा जिल्लाको उपभोत्ता हित संरक्षणमा अनुगमन र अनुसन्धानमा समस्या देखिएको छ । सदरमुकाममा भएको एक अन्तरक्रिया कार्यक्रममा उपभोत्ता हित संरक्षणको अनुगमन र अनुसन्धानमा समस्या देखीएको भन्दै सरोकारवालाहरुले गुनासो समेत गरे ।
जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा भएको उक्त कार्यक्रममा सरोकारवाहरुले सामान खरीद गर्न जाने स्थामा मुल्य सुचि नहुने, म्याद नाघेको सामाग्री बिक्री गरीने, उत्पादकको नाम, ठेगाना र मिति उल्लेख नहुने गरेको भन्दै बजार अनुगमनलाई प्रभावकारी, नियमित र कडाई गर्न सुझाव दिएका छन ।
कार्यक्रममा सहभागीहरुले माछा, मासु, दुध, तरकारी, फलफुल, होटल तथा मिठाई पसलमा अत्याधिक फोहर हुने गरेको, मुल्य बढी लिने, सामानको कृत्रिम अभाव र्सिजना गर्ने तथा नापतौल र सामाग्री मिसावट गरी बिक्री गर्ने गरेको गुनासो समेत गरेका थिए । कार्यक्रम सहभागी मध्ये केहीले पशु कार्यालयको हेलचक्रयाइका कारण अस्वस्थ्थकर मासु खानु परेको समेत गुनासो गरे ।

प्रमुख जिल्ल अधिकारी नारायण प्रसाद भट्टराईले उपभोत्ता हित संरक्षण र बजार अनुगमन समन्व्धी कार्य पत्र प्रस्तुत गर्दै जिल्लामा कुनै पनि खाद्य सामाग्रीहरुमा लेबल नहुने गरेको, भ्रमपुण बिज्ञापनका साथै बजार अनुगमन सम्वन्धी चेकलिष्टको अभाव रहेको बताए ।
जिल्ला समन्वय समिति गोरखाका संयोजक असोक गुरुङ्ग प्रमुख अतिथी रहेको अन्तरक्रिया कार्यक्रममा गोरखा नगरपालिका उप मेयर बिना श्रेष्ठ, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जिवनज्योति श्रेष्ठ, नेपाल च्याम्बर अफ कर्मशका जिल्ला उपाध्यक्ष कृण्ण देवकोटा, धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङ्ग उपभोत्ता हित संरक्षण मञ्च गोरखाका अध्यक्ष किशोर जंङ थापा, मानव अधिकारकर्मी स्थानेश्वर दुवाडी र यदु अधिकारीले आ–आफ्नो धारणा राखेका थिए ।


