मोहसिन अलि मियाँ/गोरखा
असार २५ गते । शहिद लखन गाँउपालिका वडा नम्बर ८ बुंकोटका युवाहरुले क्यान्सर पिडितको उपचारका लागि ६ लाख रकम जुटाएका छन् । सामाजिक सञ्जालहरु मार्फत उनिहरुले बुंकोट कै क्यान्सरपिडित पूर्ण बहादुर श्रेष्ठको उपचारार्थ सहयोग रकम जुटाएका हुन् । रोजगारीको सिलसिलामा हाल मकाउ बस्ने बुंकोटका अमृत कुमार श्रेष्ठको बिशेष सक्रियतामा रकम जुटेको वडा नम्बर ८ का वडा अध्यक्ष काशीनाथ अम्गाँईले बताएका छन् ।
विगत एक बर्षदेखि रगत र घाँटीको क्यान्सबाट पिडित भएका पूर्ण बहादुरको उपचारमा आर्थिक समस्या भएपछि वडा कार्यालयको समन्वय र सहकार्यमा युवाहरुले सामाजिक सञ्जाल मार्फत आर्थिक संकलनको अभियान संचालन गरेको वडाअध्यक्ष अम्गाँईको भनाई छ । ‘उहाँको उपचारमा लगभग १८–१९ लाख रकम खर्च भइसकेको रहेछ, अबका थप उपचारका लागि भने आर्थिक समस्या भएर वडा कार्यालयको समन्वयमा युवाहरुले अभियान चलाएका हुन्’ उनले भने ‘उहाँको आर्थिक अबस्था निक्के नाजुक छ, त्यै भएर हामी सबै मिलेर केहि रकमको जोहो गरेका छौ’
यस अभियानमा बुंकोट घर भई हाल काठमाण्डौ बस्ने उत्तर कुमार श्रेष्ठ, पर्यटन ब्यवसायी नवराज अम्गाई, बासु ढकाल लगायतको बिशेष भुमिका रहेको वडाअध्यक्ष अम्गाई बताउछन् ।
शनिबार काठमाण्डौमा एक कार्यक्रमका बिच क्यान्सर पिडित पूर्ण बहादुरलाई रकम हस्तान्तरण गरिएको छ । वडाअध्यक्ष अम्गाईको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का साँसद हरिराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा योजना आयोगका पूर्व उपाध्यक्ष एवम डा. स्वर्णिम वाग्लेको समेत उपस्थिती रहेको थियो । डा. वाग्ले बुंकोट कै बासिन्दा समेत हुन् । कार्यक्रममा पििडत श्रेष्ठलाई हालसम्म संकलन भएको ६ लाख १ हजार २ सय ५५ रुपैया हस्तान्तरण गरिएको थियो ।
क्यान्सर पिडितलाई ६ लाख रकम सहयोग
क्यान्सर पिडितलाई ६ लाख रकम सहयोग
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


