मोहसिन अलि मियाँ/गोरखा
असार २५ गते । छेपेटारको महादेवटारमा पोखरीमा पालिएको माछा एक साथ मर्दा लाखौ बराबरको क्षती भएको छ । गोरखा नगरपालिका वडा नम्बर १० मा रहेको गोरखा कृषि तथा पशु फर्ममा रहेकोे माछा पोखरीमा अज्ञात समुहले बिष हाल्दा पाँच लाख भन्दा बढिको माछा मरेको सञ्चालक गणेश बाँनियाले बताएका छन् । ‘हिजोदेखि माछा मर्न सुरु गरेको हो, अहिलेसम्म त दुइृ टन जति मरिसके’ सञ्चालक बाँनियाँले भने ‘नियतवस नै कसैले बिष हालेको हुनुपर्छ ।’
फर्ममा रहेको ५ वटा पोखरी मध्ये एउटामा मात्रै बिष हालिएको उनको भनाई छ । शनिबार दिउँसो ३ बजेसम्म स्वस्थ रहेको माछा त्यसपछि एकाएक छटपटाउन थालेको बाँनिया बताउछन् । ‘शनिबार दिउँसो ३ बजेसम्म माछा सबै ठिक छ, म बाहिर निस्केको थिए, घरमा बुवाआमा पनि आफ्नो काममा हुनुहुन्थ्यो, घरमा फर्कदा माछा छटफटाइरहेको देखे’ उनले भने ‘अनि त एकएक गरेर मर्न थाले, अहिलेसम्म २ टन भन्दा बढि माछा मरिसकेका छन् ।’
शनिबार दिउँसोबाट माछा मर्न थालेपछि बाँनियाले बाह्र किलो प्रहरी चौकीमा निवेदन समेत दिएका छन् । ‘यस्तो काम कसैले नियतवस नै गरेको हुनुपर्छ, टाढाको मान्छेले हो जस्तो पनि लाग्दैन, मैले अपराधी पत्ता लगाउन र कारबाही गरी पाँउ भने प्रहरी चौकीमा निवेदन दिएको छु’ उनले भने ‘प्रहरीले खोजी गरेर कारबाही गर्छु भन्नुभएको छ’
यता जिल्ला प्रहरी कार्यालयका एसपी बिमल बस्नेत भने माछा बिषले नभई अन्य कुनै कारणबाट मरेको हुन सक्ने बताउछन् । ‘पोखरीमा कसैले बिष हालेको हो कि होइन त्यो त अनुसन्धान मै छौ, तर हिजो पोखरीमा सञ्चालक र उहाँको अर्को साथी मिलेर कुखुराको आन्द्रा हाल्नु भएको रहेछ’ एसपी बस्नेतले भने ‘सायद त्यै खाएपछि माछा छटपटाएको हुनुपर्छ’
बिष हाल्दा लाखौको माछा मरे
बिष हाल्दा लाखौको माछा मरे
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















