कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्थापना गरेको ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ बुधबार उनलाई प्रदान गरिएको हो । पुरस्कार कदरपत्रसहित दुई लाख राशीको हो ।
त्यसैगरी चितवनका बाख्रापालक किसान योगेन्द्रबहादुर खड्का, बाँकेका च्याउ खेती गर्दै आउनुभएका लालबहादुर सुनार, धनुषाका माछा उत्पादक किसान बौएलाल मुखिया र कैलालीका केरा खेती गर्दै आएका रामबहादुर कुँवर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् । उनीहरु चारैजनाले प्रमाणपत्रसहित एक/एक लाख रुपैयाँ प्राप्त गरे ।
कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा पछिल्लो समयमा केही सुधार देखिएको बताए । उनले भने, ‘धेरै मेहनत गरेर राम्रो गरेका किसानबाट अरुले पनि सिक्न सक्छन् ।’ कृषिको अहिलेको अवस्था चिरफार गर्न खाँचो रहेको उनको धारणा छ ।
मन्त्रालयका सचिव युवकध्वज जिसीले किसानलाई प्रोत्साहन गर्नसके मात्रै यस क्षेत्रको रुपान्तरण सम्भव भएको विचार व्यक्त गरे ।
राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङले कृषिमा सुधारका प्रयास भएपनि अझै धेरै सुधारको खाँचो रहेको बताए ।
सर्वोत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत पन्तले आफूले सरकारको अनुदान नलिई दुई दशक पशुपालन गरेको बताए ।
रासस




















