संपादकीय
नेपालमा आमनागरिकको स्वास्थ्य सेवामा पहुँच अत्यन्तै कमजोर छ । विगत केही वर्षदेखि राज्यले स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै गएको भए पनि स्वास्थ्य सेवामा नागरिक पहुँचको स्तरमा अझै सुधार आउन सकेको छैन । स्वास्थ्य मन्त्रालयमातहतका देशभरिकै अस्पतालहरूमा दरबन्दीअनुसार विज्ञ चिकित्सक छैनन् । अझै पनि चिकित्सकहरू दुर्गम, सेवासुविधा कम भएका र अतिरिक्त आय कम हुने क्षेत्रहरूमा जान मान्दैनन् । गाउँस्तरका स्वास्थ्यचौकीहरूमा मात्र होइन, जिल्ला अस्पतालहरूसमेत दक्ष तथा विज्ञ चिकित्सक, पर्याप्त स्वाथ्यकर्मी, उपकरणविहीन छन् ।
७० किसिमका औषधि निःशुल्क वितरण गर्ने भनिएको छ, तर जिल्ला अस्पतालकै स्टोरहरू रित्ता छन् । सर्वसाधारणले सामान्य सिटामोल, जीवनजलसमेत अस्पतालबाहिरका मेडिकल पसलबाट किन्नुपरिरहेको छ । अर्का तिर सहरी क्षेत्रमा बढी केन्द्रित रहेको निजी स्वास्थ्य सेवा अत्यधिक व्यापारीकरणको सिकार भएको छ । सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र निजी व्यापारिक स्वास्थ्य कम्पनीहरूबीचको लेनदेनको सिकार सर्वसाधारण भइरहेका छन् । निजी क्षेत्रबाट अस्पतालमात्र होइन, मेडिकल कलेजहरूसमेत सञ्चालन हुन थालेपछि केही हदसम्म स्वास्थ्य पहुँच त बढेको छ, तर निजी स्वास्थ्य सेवा यति महँगो छ कि तल्लो तहका विपन्नमात्र होइन, सामान्य मध्यम आय भएका सर्वसाधारणहरू पनि निजी क्षेत्रका अस्पतालको ढोकाबाट छिर्नुभन्दा पहिला नै आफन्तसँग ऋण खोज्न थाल्छन् । गोरखाको उत्तरी क्षेत्रमा सुत्केरी गराउन नसकेर वर्षेनी महिलाहरु आफ्नो ज्यान जोखिम राख्न बाध्य छन् भने त्यहाँ विभिन्न खालको महामारी पनि फैलिरहन्छ । त्यहाँका नागरिक सधै मृत्युको मुखमा छन् । त्यसैले स्वास्थ्य क्षेत्रमा सुधार जरुरी छ ।
स्वास्थ्य क्षेत्रको सुधार गर
स्वास्थ्य क्षेत्रको सुधार गर
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















