गोरखा समाचारदाता
को गाउँसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आगामी आर्थिक वर्ष २०७५÷०७६ निति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न बोलाइएको वर्खे अधिबेशनमा असन्तुष्ट गाउँसभा सदस्य र वडा अध्यक्षहरुले बिरोध गरेपछि बैठक अनिश्चतकालका लागि स्थगित भएको गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए । ‘हामीले टुक्रे योजनाहरुमा कनिका जस्तो गरी बजेट नछरौं भनेका थियौं, उहाँहरुले मान्नुभएन उल्टै बैठक अबरुद्ध गर्नुभयो उनले भने ।
यता वडा अध्यक्षहरुले भने गाउँपालिका अध्यक्ष गुरुङ एकलौटी एकलौटी ढंगले बजेट बिनियोजन तथा बाडँफाड गर्न खोजेको भन्दै बिपक्षीहरुले मंगलबारको बैठक अबरुद्ध गरेका हुन् । बजेट तथा योजना तर्जुमा समिति गठन नै नगरी कार्यपालिकाको निर्णय बिना नै अध्यक्ष र उपाध्यक्षले आफुखुशी बजेट ल्याएको वडा नम्बर ६ का वडाध्यक्ष धन बहादुर घलेको भनाई छ । ‘हामीलाई बजेट निर्माण प्रक्रियामा सहभागी नगराइ एकलौटी रुपमा उहाँले काम गर्नुभएको छ यो कुरा हामीलाई मान्य छैन’ उनले भने ।

अध्यक्ष गुरुङले फेरी वडाभेलाबाट ल्याएको योजना तथा बजेटलाई समेत जथाभावी काटछाट गर्ने, पुनः नयाँ मापदण्ड बनाउने भन्दै बैठकमा अबैज्ञानिक ढंगबाट प्रस्ताव पेश गर्ने गरेपछि बैठक अबरुद्ध गर्नुपरेको वडा अध्यक्षहरुको आरोप छ । वडाभेलाबाट योजना प्रस्ताव पेश गरिसकेपछि अध्यक्षले जनसंख्याको आधारमा बजेट बाडफाड गर्ने, टुक्रे योजनामा बजेट बिनियोजन नगर्ने भन्दै बैठकमा नयाँ मापदण्ड बनाउन प्रस्ताव भने पछि उनीहरुले बैठक अबरुद्ध गराएका हुन् ।
गाउँपालिका अध्यक्ष गुरुङले बिपक्षी दलका सदस्यहरुलाई गाउँसभाको बैठकको सूचना समेत समयमा नदिएको वडा नम्बर ३ का वडाध्यक्ष इन्द्र बहादुर गुरुङको आरोप छ । यता गाउँपालिका अध्यक्ष गुरुङले निति तथा कार्यक्रम भन्दा फरक ढंगले योजनाहरु आएकाले त्यसलाई सच्याउन मात्र खोजिएको दाबी गरेका छन् । ‘हामीले बैज्ञानिक ढङ्गको बजेट ल्याउन तयारी गरेका छौ, उहाँ परम्पराग रुपम अघि बढ्न खोजिराख्नुभएको छ त्यसैले समस्या भएको हो’ उनले भने । छलफल सहमतीबाट समस्याको समाधान गर्ने उनको भनाई छ ।




















