गोरखा समाचारदाता
गोरखा सदरमुकाममा बुधबारबाट मेहेन्दी तालिम सुरु भएको छ ।
सौदर्यकला व्यवसायी संघको आयोजनामा भएको तालिमको एक कार्यक्रमका विच गोरखा नगरपाकिलाकी उपप्रमुख बिना कुमारी श्रेष्ठले उद्घाटन गर्दै महिला व्यवसायीक हुनुपर्नेमा जोड दिएकी छिन् । ‘हामी सबैसँग एउटा न एउटा सिप हुनुपर्छ, अबका महिला अरुको भरमा पर्नु हुँदैन’ श्रेष्ठले भनिन ‘काम गर्छु भनेर योजना सहित महिला दिदी बहिनी आउनुभयो भने हामी गछौं ।’
सघंकी जिल्ला अध्यक्ष सुकु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहाकार भाइचन्द्र श्रेष्ठ, प्रशिक्षक एवं सौन्र्दय व्यवसायी रोस्ता श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । तामिममा जिल्ला सदरमुकाम आसपास एक दर्जन महिलाहरुको सहभागीता छ ।




















