×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

भुराज वृक्षलाई प्रविधिमैत्री बनाउने रोटरीको अभियान

  •  
  • बिहिबार, असार १४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    रोटरी क्लब अफ गोरखाले भुराज बृक्ष प्राथामिक विद्यालयलाई प्रविधि मैत्री बनाउने अभियान थालेको छ । गोरखा नगरपालिका वडा नम्बर ११ मा रहेको सो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई इ–लर्निङ मार्फत पठन पाठन गराउन क्लबले अभियान थालेको हो । ‘हामी यस विद्यालयलाई रोटरी मोडेलमा विकास गर्ने सोचमा छौ, सदरमुकामबाट नजिकै रहेर पनि धेरै अभाव झेलिरहेको हामीले देखेका छौ, अब यसको विकासमा हामी नेतृत्व लिन चाहान्छौ’ क्लबका अध्यक्ष किशोरजंग थापाले भने ‘यो स्कुललाई केहि बर्षअघि देखि हामीले निरन्तर सहयोग गर्दै आएका छौ, भोलीका दिनमा विद्यालयको विकासका निम्ती योजना बनाएरै हामी सहयोग गर्दै जाने सोचमा छौ’ ।

    बुधबार विद्यालयलाई इ लर्निङ्गका लागि आवस्यक सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष थापाले अब विद्यार्थीलाई प्रविधीबाट टाढा बनाउन नहुने बताएका छन् । ‘अब कितावका पाठ मात्रै घोकाएर हुदैन, विद्यार्थीलाई टेक्नोलोजीमैत्री बनाउन जरुरी छ’ उनले भने ‘यसले विद्यार्थीको बौद्धिक क्षमता समेत बढाउछ’ ।

    क्लबले विद्यालयमा पुगेर एक थान ल्यापटप, एक थान प्रोजेक्टर, एक थान प्रोजेक्टर स्ट्याण्ड पर्दा, कम्युटर टेवल, टि टेबल सहित ५० दर्जन कापी हस्तान्तरण समेत गरेको छ । रोटरी डिडिएफको आर्थिक सहयोगमा क्लबले सहयोग सामाग्री हस्तान्तरण गरेको क्लबका सचिव कृष्ण ढकालले बताएका छन् । हस्तान्तरण कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले राज्यले सबै समस्या एक्लै समाधान गर्न सम्भव नरहेकाले सामाजिक संस्थाहरुको सहयोग आवस्यक रहेको बताएका छन् । ‘देश बनाउने जिम्मेवारी र दायित्व सबैको हो, सामाजिक संघसंस्था सबै जिम्मेवार बन्न जरुरी छ, सबै एकजुट भएर लाग्यौ भने परिवर्तन हुन समय लाग्दैन’ नगरप्रमुख पन्तले भने । साथै उनले विद्यालयको शैक्षिक सुधारका निम्ति आफु प्रतिवद्ध रहेको र आगामी बर्षदेखि विद्यालयमा एक शिक्षकको दरबन्दी समेत थप गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

    सदरमुकामबाट नजिकै रहेर पनि हालसम्म विद्यालय विद्युतको पहुँच बाहिर रहेकाले रोटरी क्लब अफ गोरखाले तत्काल विद्युत जडान गरिदिने भएको छ । ‘हामीलाई यहाँ आएपछि अचम्म लाग्यो, आजसम्म बिजुली छैन, विद्यर्थीले कम्युटर आजसम्म देखेकै छैनन्’ क्लबका पूर्वअध्यक्ष एवम टिच कमिटीका संयोजक नकुल थापाले भने ‘भोलीनै हामी विजुली जोड्न प्रक्रिया अघि बढाउछौ’

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असार १४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.