गोरखा समाचारदाता
शहिदलखन गाँउपालिकामा पुनःनिर्माणका बिषयमा कविता प्रतियोगिता सम्पन्न भएको छ । आवास निर्माणमा परिवार तथा समुदायको भुमिका बिषयक अन्तर माध्यामिक विद्यालय स्तरिय कविता प्रतियोगितामा घैरुङ्गको हिमालयमाविका सिमन श्रेष्ठ प्रथम भएका छन् । त्यस्तै सोही विद्यालयकी गिता सिर्मल द्धितिय भएकी छिन् भने सिद्धस्थानी माविकी नर्मता थापा तृतिय भएकी छिन् ।
यूएनडिपि–ओडिआरसीको आर्थिक सहयोगमा श्री स्वाँरा सघन गाँउ विकास केन्द्रले संचालन गरेको नेपाल आवास पुनःनिर्माण परियोजना अन्तरगत प्रतियोगिता भएको प्राविधिक सुवोध कट्टेलले जानकारी दिएका छन् ।
श्री सिञ्जालीमाविका प्रध्यानाध्यापक बलनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिका उपाध्यक्ष इन्दिरा तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवनबहादुर थापा मगर, वडा नम्बर ४ का अध्यक्ष कृष्ण बहादुर प्रजा, ५ का वडा अध्यक्ष यमबहादुर रानालगायतले मन्तब्य राखेको परियोजनाका कट्टेलले बताएका छन् ।


