गोरखा समाचारदाता
लागु औषध ओसार पसार र दुरुपयोग बिरुद्धको अन्तराष्ट्रिय दिवश गोरखामा विभिन्न कार्यक्रम गरी मनाईएको छ । जेठ ६ गतेबाट सुरु भएको अभियानको विभिन्न सचेतना मूलक कार्यक्रमगर्दै समापन गरिएको हो ।
सप्ताहव्यापी अभियानको समापन गदै जिल्लाका सरोकारवालाहरु सबैको सामूहिक प्रयासबाट जिल्ला लागु औषधको प्रयोग एवं बिक्रि वितरण रहित बताउन सकिने बताएका छन् । मंगलबार बिहान जिल्ला सदरमुकाममा भएको सचेतना मुलक रयालीपछि आयोजित कोण सभालाई संबोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले गोरखालाई लागु पदार्थ रहित जिल्ला बनाउन सबैले आ–आफ्नो ठाउँबाट जोड दिनुपर्ने बताए । जिल्ला सदरमुकामको हरमटारी चोकबाट सुरु भएको रयाली अस्पतालचोक, ठूलो आगन, बसपार्क शक्तिचोक पुनः हरमटारी हुँदै जिल्ला प्रशासन कार्यालय अघि पुगेर कोण सभामा परिणत भएको थियो ।
अभियान अन्र्तगत हरेक दिन विभिन्न कार्यक्रमलाई जोड दिएको जिल्ला प्रशासनले वर्ष भरी नै गोरखामा अभियान चलाउने बताएको छ । सरकारले एक हप्ताअभियान सञ्चालन गर्ने भने पनि जिल्लाको अबस्थालाई मध्येनजर गरी वर्ष भरी नै विभिन्न कार्यक्रम गर्ने प्रशासनले बताएको छ ।


