गोरखा समाचारदाता
आमाको हत्या गरी दाह सँस्कार गर्ने खोज्न र सो कार्यमा सघाएको आरोप पक्राउ परेका सबैलाई दोश्रो पटक म्याद थप गरिएको छ ।
भिमसेन थापा गाउँपालिका वडा नम्बर १ का राजेश विश्वले गत शनिवार आफ्नी आमालाई कुटपिट गरी मृत्य गराएको र गाउँलेहरुको सहयोग लिई अन्तिम सँस्कार गर्न लागेको भन्दै प्रहरीले उनी सहित १८ जनालाई घाटबाटै नियन्त्रणमा लिएको थियो ।
घटना शङकास्पद भएपछि प्रहरीले तिनदिनको म्यादथप गरी अनुसन्धान गरिरहेकोमा उक्त म्याद सकिएपछि मंगलबार पुनःजिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थपगरिएको जिल्लाप्रहरी कार्यालयका प्रमुख बिमल बस्नेतले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेकाले म्याद थपगरिएको प्रहरीले बताएको छ ।




















