काठमाडौँ — २८ दिनदेखि वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था क्रमश: गम्भीर बन्दै गएको छ ।
सर्वोच्च अदालतले जारी गरेको आदेशअनुसार छोरा कृष्णप्रसादको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गरिनुपर्ने उनको माग छ । अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतका अनुसार गंगामाया बीच बीचमा सलाइन लिने गरेपनि खाना नखाएकोले उनको स्वास्थ्य स्थिती क्रमश: गम्भीर बन्दै गएको हो।
गंगामायाले रगत लगायतका अन्य परीक्षण समेत गराउन नमानेको डा.बस्नेतले बताए ।आफू ५ वर्ष देखि बस्दै आएको वीर अस्पतालको १७ नम्बर क्याबिनमा जेठ १६ गते देखि उनी अनसनरत छन् । १३ वर्षअघि भएको कृष्णप्रसाद अधिकारीको हत्यामा न्याय पाउनुपर्ने माग राख्दै उनि निरन्तर आन्दोलन र अनशन बस्दै आएकी छन्।
kantipurdaily


