संपादकीय
भूकम्प पिडितले नीजि आबास अनुदानको पहिलो किस्ता बुझेको धेरै भयो । लामो समय अघि पहिलो किस्ता बुझेकाहरुले अहिले सम्म घर निर्माण सुरु नगर्नु यो लाजमर्दो कुरा हो । मानिसका आवश्यकताहरु असिमित हुन्छन् । सरकारले दिएको तिन लाख रुपयाँले नयाँ घरको जग निर्माण गर्न असम्भव पनि होला । तर त्यो काममा पिडित आफैको योगदान कति हुने ? प्रश्न चिन्ह उब्जिन्छ । सबै थोक सरकारले नै गरिदिने भए यसरी अनुदान बितरण गरिरहनु पर्थेन र ।
किनकी आफू बस्ने घरमा त्यो घरधनिको लगानी के कति हुने भन्ने कुरा पनि छ । यदि आफ्नो लगानी बिना सबै सरकारको पैसा खर्चेर घर बनाईयो भने, उक्त संरचना निर्माण गर्दाको दुःख पनि बिर्सिन्छ र मायाँ पनि लाग्दैन । त्यसकारण धेरै राज्यको लगानी, थोरै लाभग्राही योगदान मिलाउने हो सरकारले थालेको पुर्ननिर्माणको काम सफल हुने प्रष्ट देखिएको छ । अब त बर्खा लाग्न लागि सक्यो हामीले अब पनि बनाउन सुरु गरेनौं भने हाम्रो घर कहिले बन्छ ? अब कुर्ने समय छैन्, स्थानीय तहले पनि घर पिडितका लागि घर बनाउन आवश्यक वातावारण निर्माण गरिदिनु जरुरी छ । सरकार पटक पटक लचक भएको छ । धेरै पटक समय सिमाहरु थपिउका छन तर पिडितले अझै घर बनाएका छैनन् । यस्तो अबस्थामा उनीहरुको घर के कति कारणले नबनेको हो भन्ने कुराको निक्यौल गरी घर बनाउन नसक्नेहरुलाई आर्थिक तथा भौतिक सहयोग पनि थप गर्न पछि पर्नुहुदैन तव मात्र पुर्ननिर्माणको कामले पूणता पाउछ ।
पुर्न:निर्माणलाई वेवास्ता किन ?
पुर्न:निर्माणलाई वेवास्ता किन ?
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















