गोरखा समाचारदाता
आज लागु औषध ओसारपसार र दुरुपयोग विरुद्धको अन्तराष्ट्रिय दिवशका मनाई छ । जेठ ६ गतेबाट सुरु भएको अभियानको विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै समापन गर्न लागिएको हो । ‘एक साता भरी हामीले विभिन्न कार्यक्रमहरु अभियान चलाएका छौं’ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने ‘यसले जिल्लाको अबस्थाबारे बुझ्न ठुलो मद्दत मिलेको छ ।’ हरेक घरपरिवारले साथ दिने हो भने गोरखालाई लागु पदार्थ रहित जिल्ला बनाउन सकिने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताएका छन् । लागु औषध ओसारपसार र दुरुपयोग विरुद्धको अन्तराष्ट्रिय दिवशको सन्र्दभमा गोरखा समाचारसँग कुराकानी गर्दै उनले यो अभियान घरघर बाट सुरु हुनुपर्ने बताए । जिल्लामा लागु औषधको प्रयोग र कारोवार हुने क्षेत्र पहिचान भइसकेकाले छिट्टै नियन्त्रणमा आउने उनको दाबी छ । ‘हामीले सबै कुराको पहिचान गरिसकेका छौ, बिस्तारै स्थिती नियन्त्रणमा आउछ भन्ने मेरो विश्वास हो’ प्रजिअ भट्टराईले भने ‘हामी कडाईका साथ प्रस्तुत हुँदैछौ । ’
देशभर एक साथ सप्ताह व्यापी रुपमा चलिरहेको अभियान आज सकिदैछ । अभियान अन्र्तगत हरेक दिन विभिन्न कार्यक्रमलाई जोड दिएको जिल्ला प्रशासनले वर्ष भरी नै गोरखामा अभियान चलाउने बताएको छ । सरकारले एक हप्ता अभियान सञ्चालन गर्ने भने पनि जिल्लाको अबस्थालाई मध्येनजर गरी वर्ष भरी नै विभिन्न कार्यक्रम गर्ने निर्णयमा प्रशासन पुगेको हो । ‘यो देश व्यापी अभियान हो, हामी जिल्लामा भने वर्ष भरी नै कार्यक्रमहरु सञ्चालन गर्ने सोचमा छौ’ प्रजिअ भट्टराइले भने ‘जिल्लालाई लागुपदार्थ प्रयोग र विक्रि वितरण रहित बनाउने हाम्रो उदेश्य हो ।’
अभियानका सप्ताह व्यापी कार्यक्रम भने भोली सकिदैछ । जिल्ला सदरमुकाममा मंगलबार विहान सचेतना मुलक ¥याली सहित एक औपचारिक कार्यक्रम गरेर अभियान सम्पन्न गर्ने जिल्ला प्रशासनको बताएको छ । जिल्लामा लागु औषध दुव्र्यसनी बढेको छ । चालु आर्थिक वर्ष ०७४/०७५ को हाल सम्म लागु औषधको ओसारपसार, प्रयोग र बिक्रि वितरणका ९ वटा मुद्दा प्रहरीमा दर्ता भएको छ । उक्त घटनामा १७ जनालाई प्रतिवादी बनाई जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत गोरखामा मुद्दा दायर गरेको प्रहरी जिल्ला प्रहरी कार्यालयका प्रमुख बिमल बस्नेतले जानकारी दिए । गत आर्थिक वर्ष ०७३/०७४ मा २ वटा मुद्दा प्रहरीमा दर्ता भएको थियो ।
जसमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई जिल्ला अदालत पेश गरेको थियो । आर्थिक वर्ष ०७२/०७३ मा ३ वटा मुद्वामा ११ जना व्यक्तिलाई मुद्दा चलाइएको प्रहरीको भनाई छ । ‘तिन वर्षको तथ्याङ्क हेर्दा लागु औषधका केस बढेर गएका छन्’ प्रहरी नायव निरिक्षक बस्नेतले भने ‘यस आर्थिक वर्षमा सबै भन्दा बढि देखिएको छ ।’ पक्राउ परेकाहरुबाट प्राकृतिक रुपमा पाइने लागु पदार्थ गाँजा देखि विभिन्न परिमाणमा रसानिक औषधीहरु बरामद गरिएको छ ।


