×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

लागु औषधका घटनामा चार गुणाले वृद्धि

  •  
  • बिहिबार, असार ०७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    असार ७ गते । जिल्लामा लागु औषध दुव्र्यसनी बढेको छ । चालु आर्थिक वर्ष ०७४/०७५ को हाल सम्म लागु औषधको ओसारपसार, प्रयोग र बिक्रि वितरणका ९ वटा मुद्दा प्रहरीमा दर्ता भएको छ । उक्त घटनामा १६ जनालाई प्रतिवादी बनाई जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत गोरखामा मुद्दा दायर गरेको प्रहरी नायव निरिक्षक मोहन कुमार खड्काले जानकारी दिए । गत आर्थिक वर्ष ०७३/०७४ मा २ वटा मुद्दा प्रहरीमा दर्ता भएको थियो । जसमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई जिल्ला अदालत पेश गरेको थियो । आर्थिक वर्ष ०७२/०७३ मा ३ वटा मुद्वामा ११ जना व्यक्तिलाई मुद्दा चलाइएको  प्रहरीको भनाई छ । ‘तिन वर्षको तथ्याङ्क हेर्दा लागु औषधका केस बढेर गएका छन्’ प्रहरी नायव निरिक्षक खड्काले भने ‘यस आर्थिक वर्षमा सबै भन्दा बढि देखिएको छ ।

    सामान्य प्रयोगको अबस्थामा बाहेक लागु औषधको अबैद्य ओसारपसार र बिक्रिमा संलग्न भएकाको तथ्याङ्कलाई प्रहरीले उपलब्ध गराएको हो । लागु औषधको प्रयोग गरेर अन्य  अपराध समेत गराएहरुलाई विभिन्न शिर्षकका मुद्दामा   कारवाही चलाइने हुदा यो संख्या अझै धेरै रहेको प्रहरीको भनाई छ । ‘यो चाँही लागु पदार्थ प्रयोग तथा ओसारपसारको यथेस्ट प्रमाण भेटिएका संख्या हो’ प्रहरी नायव निरिक्षक खड्काले भने । सोही अनुरुप लागु औषध दुव्र्यसनी रोक्न जिल्लामा एक साता लामो अभियान सञ्चालन गर्ने तयारी गरिएको छ । गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले बुधबारबाट उक्त अभियान सुरु गरेको  छ ।

    ‘विश्व लागु औषधको अबैध ओसारपसार विरुद्धको दिवश २०१८ को सन्र्दभमा हामीले एउटा अभियान थालनी गरेका छौ’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गौतम भण्डारीले भने । १२ गते सम्म अभियान अन्र्तगत विभिन्न कार्यक्रम गर्ने कार्यसूची बनाइएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थितीमा सचेतनामूलक कार्यक्रम, कारगारका कैदी बन्दीलाई लागु औषध विरुद्धको सचेतना, औषधी व्यवसायी, महिला स्वास्थ्य स्वम्सेविका मार्फत टोलटोलमा सचेतनामूलक कार्यक्रमहरु गर्ने जिल्ला प्रशासनले जानकारी दिएको छ । यसैगरी लागु औषध विरुद्ध पोष्टर पम्पलेट, पर्चा   वितरण, शिक्षण सस्थाहरुमा कविता तथा वक्तृत्वकला प्रतियोगिता गर्ने, सडक नाटक, ¥याली लगायतका सचेतना मुलक कार्यक्रम गर्ने पनि प्रशासनको तयारी छ ।

    यसैविच बुधबार एक कार्यक्रमका विच अभियानको शुभारम्भ गरिएको छ । कार्यक्रममा सहभागी जिल्लाका सरोकारवालाहरुले लागु औषध दुव्र्यसनी बढेको भन्दै चिन्ता व्यक्त गरेका छन । विश्व लागु औषध दुव्र्यसनी दिवशका सन्र्दभ पारेर जिल्ला प्रशासनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै जिल्लाका सरोकारवालाहरुले लागु औषधको अवैध ओसापसार र विक्रि वितरण रोक्न विशेष पहल गर्नुपर्ने बताएका छन् । जिल्ला भित्रिने प्रमुख नाका मजुवा देउराली लगायत अन्य नाकाहरुमा कडाई गर्नुका साथ जिल्ला भित्र विभिन्न खालका सचेतना मुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीको जोड छ । ‘सबैको जोड मजुवा नाकामा विशेष निग्रानी बढाउनु परयो भन्ने सुझाब आएको छ’ सुरक्षा संवेदनशिलतालाई ख्यालगरी प्रशासनले कडाई सुरु गर्छौ । ’

    प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भट्टराई लागु औषध सम्बन्धी कानुनी प्रावधान, लागु औषध ओसारपसारको अवस्था र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भेषराज रिजालले जिल्लामा ३ वर्ष यता दर्ता भएका घटनाको विवरणका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका यादब बस्नेत, नेपाली कांग्रेसका नारायण लामीछाने, संघिय समाजबादी फोरमका सुकेदव तमाङ र नयाँ शक्ति पार्टी नेपालका नारायण खत्री, मानव अधिकार सञ्जालका यदु अधिकारी, अधिवक्ता स्थानेश्वर दुवाडी, प्यापसनका अध्यक्ष सिताराम तिवारी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असार ०७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.