गोरखा समाचारदाता
गोरखामा नगरपालिका भित्रका मावि स्तरीय लोक गायन प्रतियोगिता हुने भएको छ ।
नेपाल लोक तथा दोहोरी गित प्रतिष्ठान अञ्चल कार्यसमिति गण्डकीको आयोजना र जिल्ला शाखा गोरखाको समन्वयमा यही असार ७ गते जिल्ला सदरमुकामको महालक्ष्मी मावि लक्ष्मीबजारमा प्रतियोगिता गर्ने निर्णय भएको कार्यक्रम संयोजक शिव केसीले जानकारी दिए ।
लोक तथा दोहोरी गित प्रतिष्ठान गोरखाले पत्रकार भेटघाट गर्दै कार्यक्रमका बारेमा जानकारी गराएको हो ।
उक्त कार्यक्रमका अबसरमा वरिष्ठ लोक तथा दोहोरी गायिक शर्मिला गुरुङ र लोक तथा दोहोरी गितका स्रष्टा दिपक अर्याललाई सम्मान गर्ने समेत निर्णय गरिएको छ ।




















