गोरखा समाचारदाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिरानचोकले स्थानीय तह पार्टी संयन्त्र गठन गरेको छ । नेकपाबाट निर्वाचित भएका जनप्रतिनितिहरुको भेलाले वडा नम्बर ८ का अध्यक्ष समेत रहेक झटकप्रसाद दवाडीको अध्यक्षमा ७ सदस्यिय समिति गठन गरेको हो ।
जसको सचिवमा लिला नेपाली र सदस्यहरुमा बिर बहादुर थापा, प्रसाद तमाङ, गोल बहादुर बराम, चन्द्र कुमार श्रेष्ठ र राजेन्द्र ढकाल रहेका छन् । नेकपाका प्रतिनिधि नवराज पुडासैनीको प्रमुख आतिथ्यतामा भएको भेलाले गाउँपालिका पार्टी उत्तरदायी हुँदै पार्टी निर्णय र निर्देशनलाई बिना सर्त पालन गर्ने, गाउँपार्टीलाई मासिक प्रतिवेदन पेश गर्ने, गाउँसभा र कार्यपालिका बैठकमा सामुहिक र सस्थागत निर्णय आधारमा प्रस्तुत हुने निर्णय गरेको छ ।
सोही अबसरमा प्रमुख अतिथि पुडासैनीले स्थानीय तहमा खेल्ने पर्ने भुमिकाबारेमा भेलाका सहभागीहरुलाई जानकारी गराएका थिए । सिरानचोकको गाउँमा सभामा नेकपा १२ जना प्रतिनिधि छन् ।


