गोरखा समाचारदाता
पूर्वयुवराज पारस शाह पारिवारिक धार्मिक भ्रमणका लागि गोरखा आईपुगेका छन् । मंगलबार ऐतिहासिक मनकामना मन्दिरको दर्शन गरेका शाह बुधबार गोरखकाली र गोरखानाथको दर्शन गर्ने कार्यक्रम छ ।
मनकामनको दर्शनपछि लम्जुङ पुगेर उदिपुर कालिकाको दर्शन गरी गोरखा फर्किएका शाह होटल गाउँ रिर्सोट लक्ष्मीबजारमा बसेका थिए । धार्मिक भ्रमणका लागि शाहवंशिय उद्गम स्थल गोरखा आएको उनले बुधबार विहान ९ बजेबाट एतिहासिक गोरखा दरबारमा विशेष पुजा गर्ने कार्यक्रम छ ।
पुजा सकिएपछि तल्लो दरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने र राज सस्थाका सुभेक्षुकहरु भेटघाट गर्ने बताईएको छ । शाह वंशले गोरखाको गोरखकाली र गोरखनाथलाई कुल देवताको रुपमा पुजा गर्ने परम्परा छ ।
सोही अनुरुप पुजाआजाका लागि उनी जिल्ला आएका उनी निकट व्यक्तिहरुले बताएका छन् ।




















