×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

भूकम्पपीडितलाई सहुलियतको काठ

  •  
  • मङ्गलबार, असार ०५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा — घर बनाउन काठ चाहिएर निवेदन दिएका भूकम्पपीडितले वर्ष दिनपछि बल्ल पाएका छन् । २ सय ६३ जनालाई ९० प्रतिशत राजस्व छुटमा काठ उपलब्ध गराइएको जिल्ला वन पैदावार आपूर्ति समितिले जनाएको छ ।

    भूकम्पपीडितलाई सहुलियत दरमा उपलब्ध गराउन गोरखा ल्याइएको काठ देउरालीस्थित रबर उद्योग परिसरमा । फाइल तस्बिर : कान्तिपुर

    काठ चाहिनेहरूबाट समितिले २०७३ फागुनदेखि जेठसम्म निवेदन संकलन गरेको थियो । निवेदन दिएमध्येका ३ सय १८ जनाको प्रक्रिया पूरा भए पनि ५५ जना लिनै नआएको समितिले जनाएको छ । वन विभागको आदेशअनुसार जिल्ला वन कार्यालय चितवनले गोरखाका भूकम्पपीडितका लागि ९ हजार ७ सय ३७.७२ क्युबिक फिट काठ उपलब्ध गराएको थियो ।

    चितवनबाट काठ ल्याइएपछि वितरण गरिएको समिति सचिव कृष्णप्रसाद भट्टले बताए । ‘७ हजार ८ सय ८०.१६ क्युबिक फिट काठ वितरण गर्‍यौं,’ उनले भने, ‘अब हामीसँग १ हजार ८ सय ५७.५६ क्युबिक फिट बाँकी छ ।’ बाँकी काठ वितरणका लागि पुन: आवेदन माग गरिएको उनले बताए । प्रक्रिया पूरा गरेकामध्ये ५५ जना काठ लिन नआएपछि पुन: आवेदन माग गरिएको हो ।

    बाँकी रहेका काठ भूकम्पपीडितमा पनि एकल महिला, ज्येष्ठ नागरिक, भूकम्पबाट ज्यान गुमाएकाको परिवार, सीमान्तकृत र अल्पसंख्यक जातजातिका परिवारहरूलाई वितरण गर्ने योजना बनाइएको भट्टले बताए । ‘काठ आइपुग्न ढिला भएकै हो,’ उनले भने, ‘कतिपयले निवेदन दिएर पर्खेनन्, आफ्नै हिसाबले जोहो गरिसकेकाले लिन नआएका हुन सक्छन् ।’

    सहुलियतको काठ प्राप्तिका लागि घर निर्माण अनुदानको दोस्रो किस्ता लिएको वा लिनयोग्य भनेर खुलाइएको प्रमाणित इजाजत र तेस्रो किस्ता प्राप्त नगरेको हुनुपर्ने मापदण्ड छ ।

    गोरखा नगरपालिका १३, देउरालीस्थित गोरखकाली रबर उद्योग परिसरमा भण्डारण गरिएको काठ असार मसान्तसम्म वितरण गरिसक्ने लक्ष्य समितिको छ । सहुलियतका वितरणका लागि ल्याएको काठलाई ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा वर्गीकरण गरिएको छ ।

    ‘ए’ ग्रेडको प्रतिक्युबिक फिट ६ सय ३, ‘बी’ को ५ सय ६ र ‘सी’ ग्रेडको काठ ५ सय ४७ मा समितिले वितरण गरिरहेको छ । ‘९० प्रतिशत राजस्व छुटमा भूकम्पपीडितलाई काठ उपलब्ध गराइए पनि कटान मुछान र ढुवानी खर्च भने लैजाने व्यक्ति स्वयंले व्योहोर्नुपर्ने नियम छ,’ सचिव भट्टले भने, ‘एक भूकम्पपीडितलाई बढीमा ३० क्युबिक फिटसम्म काठ उपलब्ध गराइएको हो ।’ २ नगरपालिका पालुङटार र गोरखासँगै सहिद लखन, आरूघाट र बारपाक सुलिकोट गाउँपालिकाका भूकम्पपीडितलाई काठ उपलब्ध गराइएको उनले बताए ।

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असार ०५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.