गोरखा समाचारदाता
जिल्ला सदरमुकाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोरखानगरपालिका वडा नम्बर ९ कट्टेल चोक नजिकै शनिवार भएको ट्याक्टर दुर्घटनामा दाङ घर भएका २२ वर्षीय सुनिल मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कट्टेलडाँडाबाटखोलखोले आउँदै गरेको ग १ त ५१९२नम्वरको ट्याक्टर अनियन्त्रितभइ सडकबाट करिब ३० फिट तल खसेको थियो । सडकबाट खसेको ट्याक्टरले च्यापिएर मगरको घटनास्थलमै ज्यानगएको प्रहरी नायवउपरिक्षक भेषराज रिजालले बताए । दुर्घटना भएसँगै चालकभने फरार रहेका छन् । शवपोष्टमार्टमकालागिजिल्ला अस्पताल गोरखा राखिएको छ ।
फरार रहेकाचालकको खोजीकार्य भइरहेको रिजालले बताए ।




















