संपादकीय
गृह मन्त्रालयको निर्देशनमा जिल्लाका सबै ठेकेदारहरुलाई कडाई गरेपछि अहिले अधिकाशं योजनामा काम सुरु भएको छ । आर्थिक वर्ष सकिन अब १ महिना पनि समय छैन् । यस वर्ष असारको सुरु देखिनै मनसुन सक्रिय भइसकेको छ । लगातार पानी परिरहेको छ । हिउँद भरी ठेक्का ओगटेर बसेका ठेकेदारहरु अहिले बजेट सिध्याउन रात दिन काम गर्दैछन् । प्रशासनले कारवाही गर्ने चेतावनी दिएपछि केही सक्रिय जस्तो देखिएका उनीहरुले वर्षौं पहिले देखिका ठेक्काहरुमा हतार हतार काम गरिरहेका छन् ।
जिल्लाका अधिकांश स्तरोउन्नती गरिएको सडकको काम हेर्दा हतपतको काम लतपत भन्ने नेपाली उखान चरित्रार्थ हुन्छ । पैसा भ्याउने नाममा गुणस्तरहिन काम गर्न उनीहरु पछाडी परेका छैनन् । अधिकाशं ग्राभेल भनिएको सडकमा नदीजन्य पदार्थ लगेर काम गर्नुका सट्टा सोही सडकको भित्तो काटेर जम्मा भएको माटोले ग्राभेल गरेको स्थानीयले गुनासो गरेका छन् । स्थानीय स्तरमा खटिएका प्राविधिकहरुलाई प्रलोभनमा पारेर उनीहरुले पैसा सक्ने खालको मात्र काम गरेको स्थानीयको आरोप छ । जिल्लामा ठुलो योजनाहरुमा अहिले काम भइरहेको छ । ती योजनामा कस्ता काम भएका छन् ? मापदण्ड अनुसारको काम भएका छ कि छैन ? नभएको भए के गर्ने ? जस्ता कुराको अनुगमन गर्ने कसले हो भन्ने अन्यौलता बढेको छ । स्थानीय तहले त्यसको प्रभावकारी अनुगमन गरी गुणस्तरीय काम गराउन पहल गर्नुपर्छ । हरेक स्थानीय तहमा रहेका अनुमन समितीलाई सक्रिय बनाउन जरुरी छ । आर्थिक वर्षको अन्त्यमा ठेकेदारले गर्ने हतारले हतपतको काम लतपत हुनुहुँदैन । सरोकारवालाको ध्यान जानु जरुरी छ ।
हतपतको काम लतपत नहोस्
हतपतको काम लतपत नहोस्
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


