गोरखा समाचारदाता
जिल्ला प्रहरी कार्यालय गोरखाको साझेदारीमा सामुदायिक सेवा केन्द्रले गोरखा नगरपालिकामा जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ । प्रहरी र समुदाय बिचको सम्बन्ध सुधार सँगै नागरिक मैत्री प्रहरीको पहिचान दिने उदेश्यले कार्यक्रम गर्न लागिएको हो ।
‘प्रहरी र जनताको सम्बन्ध सुमधुर नभएसम्म अपराध न्यूनीकरण हुन सक्दैन’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक बिमल बस्नेतले भने ‘यो जनताको समिपमा जाने अभियान हो ।’ प्रहरी नागरिकको सेवा लागि काम गर्ने संगठन भएको भन्दै उनले जनता पनि बर्दी बिनाको नागरिक भएको बताए । अपराध न्यूनिकरण गरी सुसस्कृत समाज निर्माणमा प्रहरी र नागरिक हातेमालो जरुरी रहेको उनको भनाई छ ।
‘हामी एक्लैले यो काम गर्न सक्दैनौं जनताको जिउ धनको रक्षा गर्नका लागि नागरिक र प्रहरीको सम्बन्ध सुमधुर हुनु पर्छ’ उनले भने ‘सोही कुरा स्थापित गराउन अभियान चलाउन लागेका हौ । ’ शुक्रबार जिल्ला सदरमुकाम पत्रकार भेटघाट गर्दै प्रहरीले अभियानका बारेमा जानकारी दिएको हो ।
सोही अबसरमा टोलटोलमा प्रहरी अभियान अन्तरगत यही असार १०, ११ र १२ गते संचालन हुने उक्त कार्यक्रममा जनचेतनामूलक कार्यक्रम सँगै स्थानीयको घरदैलोमा पुगेर अभिलेख संकलन गरिने सामुदायिक सेवा केन्द्रका अध्यक्ष अच्युतलाल श्रेष्ठले बताए । ‘हामी विभिन्न अभियान लिएर गाउँ÷गाउँमा जान्छौं र सेचेतनामुलक कार्यक्रमहरु सञ्चालन गछौं ।’ नगरपालिकामा रहेका १४ वडा मध्य एक वडालाइ तिन वटा टोलमा बिभाजन गरेर कार्यक्रम संचालन गरिने उनले जानकारी दिए ।
कार्यक्रम संचालनका लागी सेवा केन्द्रले प्रत्येक टोलमा प्रतिनिधी समेत तोकिसकेको छ ।


