गोरखा समाचारदाता
जेष्ठ नागरिक जिल्ला संघ गोरखाको आयोजनामा जौवारीमा एक कार्यक्रम भएको छ । सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा नागरिक सम्बन्धी कानूनी व्यवस्था, सरकारले दिने सेवा सुबिधा लगायतका बारेमा जानकारी गराउने उदेश्यकले उक्त कार्यक्रम गरिएको हो ।
संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका अगुवा यदु अधिकारीले एक कार्यपत्र प्रस्तुत गरेका थिए ।
८८ वर्षीय चन्द्रमान श्रेष्ठले व्यानर पढेर उद्घाटन गरेको कार्यक्रममा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थी स्थानीय १८ वटा महिला समूहका प्रतिनिधी, जेष्ठ नागरिक तथा स्थानीय नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।


