गोरखा समाचारदाता
गोरखा नगरपालिका वडा नम्बर १० विरेनचोकमा आयोजित एक महिने झोला बुनाई तालिम सकिएको छ । गोरखा नगरपालिकाले सञ्चालन गरेको उक्त तालिमले आफ्नै व्यवासयको ढोका खोलिदिएको भन्दै सभागीहरु खुसि भएका छन् । झोलाको बजार व्यवस्थापनमा नगरपालिकाले सहयोग गर्ने हो भने आफूहरु व्यवसायिक रुप झोला बुन्ने योजनामा रहेको तालिमकी सहभागी हिरा रानाले जानकारी दिएकी छिन् ।
तालिाम सञ्चालन समितिकी अध्यक्ष बेत्रावती बगालेको अध्यक्षता तथा गोरखा नगरपाकिलाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको तालिम सकापन कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष देवी बहादुर बस्नेत, नगरकार्यपालिका सदस्य सबित्रा थापा, वडा नम्बर १० का सदस्यहरु डिल बहादुर राना, जुनमायाँ श्रेष्ठ, लक्ष्मी कोइराला, प्रशिक्षक मनिसा परियार, स्थानीय नन्दलाल बगाले लगायतले मन्तव्य राखेका थिए ।
तालिमका सहभागी सबैलाई प्रमाणपत्र वितरण गर्दै गोरखा नगरपालिकाका प्रमुख पन्तले सिकेको सिपको सही सदुपयोग गर्न आग्रह गरेका थिए ।


