रखा समाचारदाता
सिरोनचोक गाउँपालिका वडा नम्बर ३ हर्मीमा जेष्ठ नागरिक परिचय पत्र वितरण गरिएको छ ।
सिरानचोक गाउँपालिका अन्र्तगतको महिला तथा बालबालिका शाखा कार्यालयको आयोजना र वडा नम्बर ३ हर्मीको समन्वयमा एक कार्यक्रम गरी १५० जनालाई जेष्ठ नागरिक परिचय पत्र दिईएको महिला तथा बालबलिका शाखा कार्यालय सिरानचोक सारदा ढकालले जानकारी दिईन् । परिचयपत्र पाउनेमा ६८ महिला र ८२ पुरुष रहेका छन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख राजु गुरुङले सिंह दरबारको अधिकार गाउँ-गाउँमा आएको भन्दै जनतालाई सहज हुने गरी सेवा प्रवाहमा जोड दिइएको बताए । यसैगरी प्रमुख प्रशासकिय अधिकृत शिव बहादुर गुरुङ जेष्ठ नागरिक परिचयपत्रका बारेमा स्पष्ट पारेका थिए ।
वडा अध्यक्ष बिर बहादुर थापाको अध्यक्ष तथा गाउँपालिका प्रमुख राजु गुरुङको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सिरानचोक गाउँपालिकाका कार्यक्रममा महिला तथा बालबलिका शाखा कार्यालय सिरानचोककी शारदा ढकाल, वडा सदस्य जयकृष्ण ढकाल लगायतले मन्तव्य राखेका थिए ।




















