गोरखा समाचारदाता
गोरखा क्याम्पस गोरखाको आयोजनामा एम एड सेमेस्टर प्रणाली सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । निमित्त क्याम्पस प्रमुख कृष्णप्यारा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एम एड कार्यक्रमका संयोजक एवं सहायक क्याम्पस प्रमुख ऋषि खनालले एम एड सेमेस्टरका बारेमा एक कार्यपत्र प्रस्तुत गरेका थिए ।
एम एड इन्ट्रान्स परीक्षा पास गरेका २५ जना विद्यार्थीहरुको सहभागिता रहेको सो अभिमुखीकरण कार्यक्रममा विभिन्न विषयका विभागिय प्रमुखहरु अंग्रेजी विषयका सुवासचन्द्र मिश्र र पूर्णमान श्रेष्ठ, नेपाली विषयका ठाकुर प्रसाद खनाल, विद्यार्थी कल्याण प्रमुख यदु अधिकारी, पाठ्यक्रम तथा मुल्यांकनका विभागिय प्रमुख सरोज अर्याल, गणित विषयका भद्रराज त्रिपाठी, खुल्ला तथा दूर शिक्षाका संयोजक सञ्जय अधिकारी लगायतले आ आफ्नो विषयको वारेमा सहजीकरण गरेका थिए ।


