गोरखा समाचारदाता
महिलाहरुको क्षमता बिकास गराउने उदेश्यले गोरखाको सिरानचोक गाउँपालिकामा भएको ३ दिने अभिमुखकरण तालिम सकिएको छ । सिरानचोक गाउँपालिका अन्र्तगतको महिला तथा बालबालिका कार्यालयको आयोजनामा गाउँपालिका भित्रका महिला समूहमा आबद्ध दलित तथा जनजातीहरुलाई दिएको समूह सदस्य अनुशिक्षण तालिम सकिएको हो ।
तालिमा महिलाको क्षमता बिकास, आजआर्जन, महिला हक अधिकार, सरकार सहुलियत लगायतका बारेमा महिला तथा बालबालिका कार्यालय सिरानचोककी शारदा ढकालले सहजीकरण गरेकी थिइन् ।
छोप्प्राक महिला तथा वचत ऋण सहकारी सस्थाकी अध्यक्ष सिता पोखरेलको अध्यक्षता तथा सिरानचोक गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष सन्तोष गुरुङको प्रमुख आतिथ्यतमा भएको समापन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शिव गुरुङ, बाललहरी सामुदायिक बिद्यालय प्रधानाध्यपक परशुराम घिमिरे लगायतले मन्तव्य राखेको महिला तथा बालबालिका कार्यालयकी सामाजिक परिचालक कोपिला पाण्डेले जानकारी दिइन् ।


